आफ्नै आमा काटेर पकाएर खाने छोरा पक्राउ
Monday Feb 25, 2019
वि.सं.२०७५ फागुन १३ सोमवार ०७:२५
काठमाडौँ फागुन १३ । एक युवकले आफ्नै आमालाई मारेर हजार टुक्रा पारेर पकाएर खाएको स्विकारेका छन् । २६ वर्षे अल्बर्टो सान्चेजले आमालाई मारेर उनको मासु खाएको र आमाको शवलाई हजार टुक्रा पारेर पकाएर आफ्नो घर पालुवा कुकुरलारलाई दिएको बताएका छन् ।
सान्चेजले एक महिना अघिदेखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा जुटेका जासुस आफ्नो घरमा आइपुगेपछि आमाको हत्या गरेको स्विकार गरेका छन् । चकित पुलिसले ६६ वर्षे मारियाको शव ६ वटा ठूलो प्लाष्टिकको झोलामा मड्रिडस्थित उनको फ्ल्याटमा फेला पारेको छ ।
स्प्यानिस पत्रिका इएल मुन्दोका अनुसार सान्चेजले आमाको शरिरलाई हजार टुक्रा बढी पारिएको र उनका शरिरका महत्वपूर्ण अंग हराइरहेका थिए भने आन्द्राभुँडी फ्ल्याटमा भएको डस्टबिनमा भेटिएको थियो ।
साथीहरुका अनुसार सान्चेज लागुऔषध दुर्व्यवसनमा लागेपछि परिवारका लागि बोझ बनेका कारण सान्चेजले आमाको शवको टुक्रा पकाएर आफूले पनि खाए र कुकुरलाई पनि खुवाएको हुन सक्ने स्रोतले जनाएको छ ।एजेन्सी



























