CG Electronics
IME Life
NIMB

इक्यानको नयाँ नेतृत्व चयन, अध्यक्ष पौडेल र महासचिव हुमागाई विजयी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काे अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रीयू) र महासचिवमा भवनाथ हुमागाई निर्वाचित भएका छन्। सोमबार काठमाडौंको एलिस रिसेप्सनमा भएको निर्वाचनमा ३४१ मत ल्याउँदै अध्यक्षमा पौडेल निर्वाचित भएका हुन्।

विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका व्यवसायीहरूको छाता संगठन इक्यानको नेतृत्वका लागि र प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रीयू) र महासचिव दीपकराज भूषालबीच प्रतिस्पर्धा भएको थियो।

एक जना महासचिवका लागि दुइ जनाकाे उम्मेद्वारी परेकाे थियो। महासचिवकाे उम्मेद्वारी दिनेमा भुषाल प्यानलबाट हुमागाई र पौडेल प्यानलबाट जीआइइसीका सञ्चालक नवराज केसी खत्रीले उम्मेद्वारी दिएका थिए।

यस्तै तीन जना उपाध्यक्षमा, विकल्पराज पोखरेल, बासुदेव दाहाल र गिता सिवाकोटि विजयी भएका छन्। यस्तै २ जना सचिवमा सुरज शिलवाल र आशिक कार्की विजयी भएका छन्। सचिवमा चार जनाले उम्मेद्वारी दिएका थिए। पौडेल प्यानलबाट भुपाल केसी र एलवि तामाङले उम्मेद्वारी दिएका थिए।

यस्तै कोषाध्यक्षमा साधना पुडासैनी विजयी भएकी छन्। भुषाल प्यानलबाट उमा खड्का र पौडेल प्यानलबाट साधना पुडासैनीले उम्मेदवारी दर्ता गरेका छन्। सहकोषाध्यक्षमा भुषाल प्यानलबाट गोविन्द खनाल र पौडेल प्यानलबाट भिमबहादुर थापाले उम्मेद्वारी दर्ता गरेका छन्।
९ जना सदस्यहरूकाे पदमा १४ जनाकाे उम्मेद्वारी परेकाे थियो।

सदस्यहरुमा विजयी हुनेमा असाेक कुमार हाथि, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामाेदर शर्मा न्याैपाने, सञ्जिव पाण्डे, उद्दव वन, कमल प्रसाद तिमल्सिना, बसन्त पाण्डे, दिनेश पाैडेल, शिव प्रसाद अर्याल विजयी भएका छन्।
ईक्यानको २० औँ साधारणसभा एंव महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष सहित १८ पदका लागि भएको निर्वाचनमा ३४ जनाले उम्मेद्वारी दिएका थिए।

अध्यक्ष शेषराज भट्टराई नेतृत्वको कार्यसमितिको दुईवर्षे कार्यकाल सकिएसँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो। निर्वाचनमा दुइवटा प्यानल बनाएर आंकाक्षी उम्मेद्वारहरू निर्वाचनमा होमिएका थिए।

ईक्यानमा नेपाली कांग्रेस निकट व्यवसायीहरूको तर्फबाट साझा अध्यक्षको उम्मेद्वारको रूपमा पौडेल र नेपाली कम्युनिष्ट पार्टी निकट व्यवसायीहरुको साझा उम्मेद्वारको रुपमा भुषाल देखिएका थिए। त्यस्तै नेकपा एमाले निकट व्यवसायीहरूको संगठन प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान)ले अध्यक्षमा उम्मेद्वारी नदिएपनि भुषाल प्यानलबाट उपाध्यक्ष, सचिव र ३ जना सदस्य सहित उम्मेद्वारी दिएकाे थियो।

२१ जनाको कार्यसमिति रहने इक्यानमा २ जना सदस्य मनोनित गर्ने प्रावधान छ। सात सय भन्दा बढी व्यवसायीहरू आवद्ध रहेको इक्यानमा ६ सय जनाले मतदान गरेका थिए।ईक्यानका शभर आठओटा शाखा रहेका छन्।

 

क्र.सं. पद नाम
1 अध्यक्ष लक्ष्मण (एन्ड्रयु) पौडेल
2 उपाध्यक्ष बासुदेव दाहाल
3 उपाध्यक्ष विकल्प राज पोखरेल
4 उपाध्यक्ष गिता शिवाकोटी
5 महासचिव भवनाथ हुमागाई
6 सचिव सुरज सिलवाल
7 सचिव आशिक कार्की
8 कोषाध्यक्ष साधना पुडासैनी
9 सह-कोषाध्यक्ष गोविन्द खनाल

सदस्यहरू (९ विजयी)

क्र.सं. नाम
10 अनन्तराज घिमिरे
11 उद्दव बन
12 विवेक बस्नेत
13 दामोदर शर्मा न्यौपाने
14 अशोक कुमार हाथी
15 दिनेश पौडेल
16 सन्जिव पाण्डे
17 कमल प्रसाद तिमल्सिना
18 शिव प्रसाद अर्याल

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...