CG Electronics
IME Life
NIMB

अर्थतन्त्र विकासका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढ्न जरुरी छः सचिव घिमिरे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । प्लाष्ट नेपाल फाउन्डेशनको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सचिव घिमिरेले नेपालमा प्लाष्टिकको महत्व प्रतिदिन बढ्दै गएता पनि प्लाष्टिकप्रतिको बुझाईमा परिवर्तन नआउँदा यसमा आबद्ध उद्योगी व्यवसायीहरुले थुप्रै समस्या भोगेको बताए । उनले प्लाष्टिक भन्ने बित्तिकै घातक नै हो भन्ने सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताए ।

उनले भने ,”अहिले प्लाष्टिकको माग संसारभर हेर्ने हो भने दिन प्रति दिन बढ्दै गएको पाइन्छ । झन् विकशीत देशहरुमा यसको उत्पादनले जीडीपीमा राम्रो योगदान गरिरहेको अवस्था छ । नेपालमा पनि यसको प्रयोग अबलम्बन गरी यस क्षेत्रको विकास र विस्तारमा सरकारले के गर्नुपर्छ त्यसका लागि आफू नीतिगत सुधारका लागि सधै तयार रहेको बताए ।

प्लाष्ट नेपाल स्पष्ट सोचका साथ आएकोले यसले आगामी दिन महत्वपूर्ण भूमीका निर्वाह गर्नेमा आफू आशावादी रहेको बताउँदै घिमिरेले यस क्षेत्रले रोजगारी, अर्थतन्त्र र पूर्वाधार क्षेत्रमा दिएको योगदान अतुलनीय रहेको जनाए ।
उनले ट्रान्सर्फम हुनुपर्ने र आर एन्ड डि मा खर्च गर्नुपर्ने भएकाले त्यसका लागि पनि आफूलाई सक्षम राख्न उद्योगीहरुलाई आग्रह गरे ।

सो कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र पाण्डेले प्लाष्टिकजन्य वस्तुहरुको उत्पादन र प्रशोधन ,मेसिन, कच्चापदार्थ लगाएत प्लाष्टिक उद्योग केन्द्रित नितीगत विषयहरुलाई आत्मसाथ गर्दै प्लाष्ट नेपाल फाउन्डेशनले गरेको काम अत्यन्तै महत्वपूर्ण रहेको बताए हाल मुलुकको अर्थतन्त्र चरम संकटबाट गुज्रीरहेको, बैंकमा पर्याप्त मात्र नगद तरलता रहँदा पनि कर्जा प्रवाह बढ्न नसकेको र उद्योग व्यवसायीमा चरम नैरास्यता सृजना भएका कारण उद्योगहरु पूर्ण क्षमतामा चल्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

“मूल्य वृद्धि न्यून छ, लगानी बढ्न सकिराखेको छैन, व्यवसायीहरु अहिले पनि पर्ख र हेरको स्थितिमा रहेका छन्,” उनले भने “सरकार राजनीतिक संकट समाधानका लागि निर्वाचनको तयारीमा जुटेको छ र निर्वाचन पश्चात मुलुकले स्थाइत्व, असल शासन र भ्रष्टाचाररहित मुलुकको परिकल्पना गरेको छ । जसले गर्दा अर्थतन्त्रमा देखिएको समस्या केहि हदसम्म समाधान हुने अपेक्षा गरेका छौ ।”

उनले मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र आन्तरीक उत्पादनको खपत बढाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष उर्मिला श्रेष्ठले प्लाष्टिकजन्य उद्योग नेपालका औद्योगिक क्षेत्रका आधार स्तम्भको रुपमा रहेको बताइन् ।

यसले राष्ट्रिय उत्पादनमा महत्वपूर्ण भूमीका निर्वाह गरेको बताउँदै उनले नेपालमा प्लाष्टिकजन्य वस्तुहरुको वार्षीक आयात अरबौमा रहेको र यो आयातलाई स्वदेशी उद्योगहरुले प्रतिस्थापना गर्न सके मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने जनाइन् ।

यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरत आचार्यले प्लाष्टिकको महत्व यसले राष्ट्रिय स्तरमा पुर्‍याएको योगदान र यसलाई राज्य एवं समाजले हेर्ने दृष्टिकोणका विषयमा आफ्नो धारणा व्यक्त गरे ।

उनले प्लाष्टिक भन्ने बित्तिकै नकारात्मक धारणा बनाउने र यसलाई वातावरणसँग जोडेर अनर्गल प्रचार गर्ने गरिएको तर यसले पुर्‍याएको योगदान, रोजगारी, पूर्वाधार विकाससँगै सकारात्मक कुराहरुलाई भने ओझेलमा पार्ने काम भइराखेको टिप्पणी गरे ।

प्लाष्टिक उद्योगको विकासका लागि प्रष्ट नीतिको खाँचो रहेकोमा उनले जोड दिए ।
साथै, कार्यक्रममा इण्डियन आयल कर्पोरेशनका महाप्रबन्धक अतुल के जोशिले प्लाष्टिकजन्य वस्तुहरुको उत्पादन ,विश्व बजारमा यसको माग र अहिलेको परिस्थितिका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अहिले विश्व अर्थतन्त्रमा आएको उतारचढाबको असर यस क्षेत्रले भोगेको बताए ।

रसिया युक्रेनको द्धन्द्धदेखि पछिल्लोपटक अमेरिका र भेनेजुयला जस्ता राष्ट्रहरुबीच भएको द्धन्द्धका कारण प्लाष्टिकजन्य वस्तुहरुको उत्पादन ,मा आएको हास्र, मूल्यमा भएको तिव्र उतार चढावका कारण इण्डियन प्लाष्टिक उद्योगको उत्पादनमा पनि यसले असर पारेको उनले बताए ,त्यस्तै निकट भविष्यमा नेपाल एवं सिमावर्ति भारतीय बजार ,त्यस्तैलाइ लक्षीत गर्दै छिट्टै भारतको वरौनीमा प्लाष्टिकको कच्चा पदार्थ उद्योग स्थापना गर्न लागेको जानकारी दिए ।

यसै अवसरमा प्लाष्ट नेपाल फाउन्डेशनका अध्यक्ष विवेक कुमार ताटेड ले एघार वर्षको अवधिमा आफूहरुले फाउन्डेशन के हो भनेर चिनाउन सफल भएको बताए ।

उनले शान्ति सुरक्षाका कुरा देखि स्थानीय बजारबाट पैसा उठाउन भएको समस्याले गर्दा अहिले उद्योग चलाउन सक्ने वातावरण नभएको र पुरा क्षमतामा उद्योग चल्न सक्ने अवस्था समेत नभएको बताए ।

“स्थानिय उद्योगलाई सुरक्षा दिने र तिनीहरुको मनोबल उठाउनुपर्ने अहिलेको आवश्यकता छ,” उनले भने ।

कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष विनित कुमार अग्रवालले NO Plastic होइन know To Plastic भन्ने नारालाई अंगिकार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने “प्लाष्टिकको विकल्प अरु हुन सक्दैन आज सन् २०२५ सम्म आइपुग्दा बिस्व भर ५०० मिलियन टन प्लाष्टिकको उत्पादन भएको छ । झन् २०५० सम्म यसको प्रयोग ८०० मिलियन टन पुग्ने छ ।”

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...