CG Electronics
IME Life
NIMB

सानिमा बैंकको नेतृत्व पवन कुमार आचार्यलाई, सीईओको पदभार सम्हाले

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई सीईओमा नियुक्त गरिएको हो।

२१ वर्षदेखि सानिमा बैंकमा योगदान पुर्‍याउँदै आएका आचार्य यसअघि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रूपमा कार्यरत थिए। उनले आफ्नो लामो सेवाकालका दौरान बैंकका दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरिसकेका छन्।

आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआईटी, जयपुरबाट इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन्। शैक्षिक उपलब्धिहरूमध्ये उनले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कूलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए।

उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन्। उनले सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडमा अध्यक्षका रूपमा पनि सेवा प्रदान गरिसकेका छन्।

बैंकिङ्ग क्षेत्रबाहेक इन्जिनियरको रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेका आचार्यले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीका रूपमा पनि सेवा दिएका छन्।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...