CG Electronics
IME Life
NIMB

नेशनल लाईफ इन्स्योरेन्सले कोशी प्रदेशका अभिकर्तालाई विशेष तालिम प्रदान

NIMB
Himalayan Bank

 

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका विभिन्न शाखा कार्यालयहरूमा आबद्ध भई कार्यरत अभिकर्ता समूहलाई एक दिने विशेष तालिम प्रदान गरेको छ।

कम्पनीले प्रेरणा, प्रगति र पेशागत उत्कृष्टतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका १२० जना अभिकर्तालाई इलामको फिक्कलस्थित होटल एकोममा तालिम दिइएको हो। उक्त तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले प्रदान गरेका थिए। उनले बीमा क्षेत्रको चर्चित उपाधि एमडीआरटी (MDRT) को लक्ष्य हासिल गर्ने उपायबारे विभिन्न उदाहरण प्रस्तुत गर्दै सहभागी अभिकर्तालाई मार्गदर्शन गरेका थिए।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्तालाई आफ्नो पेशामा उत्कृष्टता हासिल गर्न कम्पनीले विभिन्न योजनामार्फत निरन्तर प्रशिक्षण प्रदान गर्दै आएको उल्लेख गर्दै “मन्थन २०८२” मासिक योजना जारी गरिएको जानकारी गराएका थिए।

कोशी प्रदेशका विभिन्न शाखामा उत्कृष्ट कार्य गर्दै शाखा स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका अभिकर्तालाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरेकी थिइन्।

तालिममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर उपलब्ध गराएकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए। सम्मानित अभिकर्ताहरूले सम्मानले आफूहरूको मेहनतको कदर भएको महसुस भएको बताएका छन्।

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...

कामना सेवा विकास बैंकद्वारा झापाको दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा झापाको दुर्गा माध्यमिक...

वि.सं.२०८३ असार ११ बिहीवार १७:२७

  काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...