CG Electronics
IME Life
NIMB

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय सम्मान “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड प्राप्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर २०२५ (नेपाल)” अवार्ड प्राप्त गरेको छ। कम्पनीले छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्समा उक्त सम्मान प्राप्त गरेको हो।

थाइल्याण्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले आयोजना गरेको थियो। कार्यक्रममा एसियाका उदाउँदा बीमा बजारहरूमा नवीनता, रणनीतिक प्रभाव, बीमा पहुँच विस्तार तथा ग्राहक केन्द्रित पहलहरूको मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको थियो। यस विधामा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स छनोट हुनु कम्पनीले अवलम्बन गरेको दीर्घकालीन, समावेशी तथा व्यवहारिक बीमा रणनीतिहरूको प्रतिबिम्ब भएको कम्पनीले जनाएको छ।

अवार्ड ग्रहण गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त हुनु कम्पनीका लागि गौरवको विषय भएको बताए। उनले यो अवार्ड कम्पनीको रणनीतिक सोच, टिमको समर्पण र ग्राहक केन्द्रित दृष्टिकोणको मान्यता भएको उल्लेख गरे। साथै, कम्पनी सधैं बीमालाई सरल, पहुँचयोग्य र विश्वासिलो बनाउने लक्ष्यमा केन्द्रित रहेको बताए।

यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्राप्त अवार्डले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सलाई नेपाल मात्र नभई एसियाली बीमा बजारमा समेत सक्षम, रणनीतिक र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्न सहयोग पुगेको बताए।

उक्त कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका बीमा क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एशियाली बीमा उद्योगमा सहकार्य, ज्ञान आदान–प्रदान तथा ग्राहक केन्द्रित नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ। कम्पनीले हाल देशभर १६९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन्।

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८३ जेठ ७ बिहीवार ११:१९

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न...

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:२३

  काठमाडौं । युवा उद्यमी सोनी राणा नेतृत्वको सासा ट्राभल्स...

आर्थिक रूपान्तरणमुखी बजेट ल्याउन महासंघको सुझाव, संरचनागत सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

आर्थिक रूपान्तरणमुखी बजेट ल्याउन महासंघको सुझाव, संरचनागत...

वि.सं.२०८३ जेठ ३ आइतवार २०:१८

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरि आव...