CG Electronics
IME Life
NIMB

अर्थमन्त्रीद्वारा सुर्खेतमा निर्वाचन तयारीको स्थलगत अनुगमन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

सुर्खेत, माघ २४ — अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीको अवस्थाबारे सुर्खेत जिल्लामा स्थलगत अनुगमन गरेका छन्।

निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत शनिबार सुर्खेत पुगेका अर्थमन्त्री खनालले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन तथा आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए।

सो अवसरमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी दिएका थिए। साथै जिल्लामा २० वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको समेत उनले बताएका थिए।

अर्थमन्त्री खनालले प्रदेश निर्वाचन कार्यालयमा पनि स्थलगत भ्रमण गर्दै निर्वाचन तयारीबारे जानकारी लिएका थिए। सो क्रममा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत दीपक ढकाल, निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत कैलाश भट्टराई तथा प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङसँग छलफल गरेका थिए।

यसैक्रममा अर्थमन्त्री खनालले गुर्भाकोट नगरपालिकाको मेहलकुनास्थित निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन कार्यालयको पनि निरीक्षण गरेका थिए।

अनुगमनपछि अर्थमन्त्री खनालले सुर्खेतमा निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढेको बताएका छन्। उनले निर्वाचनका क्रममा कुनै जोखिमयुक्त वातावरण नरहेको र स्थानीयस्तरमा राजनीतिक दल तथा उम्मेदवारहरूबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको आफूले अनुभूत गरेको उल्लेख गरेका छन्।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...