CG Electronics
IME Life
NIMB

KBA ग्लोबल क्रिकेट क्ल्यास २०२६ सम्पन्न: नासा इन्टरनेशनल कलेज च्याम्पियन, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज उपविजेता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कलेजस्तरीय क्रिकेटको प्रतिष्ठित प्रतियोगिता KBA ग्लोबल क्रिकेट क्ल्यास २०२६ भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनल खेलमा नासा इन्टरनेशनल कलेज ले १ विकेटको सानदार जित हात पार्दै उपाधि आफ्नो नाममा लेखाएको छ। उत्कृष्ट प्रदर्शनका साथ हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज ले प्रतियोगिताको पहिलो उपविजेता (रनर–अप) स्थान हासिल गरेको छ।

प्रतियोगिताभर हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजको टोलीले देखाएको अनुशासन, सामूहिक प्रयास र लडाकु भावना प्रशंसनीय रह्यो। प्रत्येक खेलमा टोलीले प्रस्तुत गरेको प्रतिबद्धता, खेल कौशल र खेल भावना दर्शक तथा आयोजक दुवैका लागि प्रेरणादायी बनेको थियो। उपविजेता स्थानसहित टोलीले कलेज क्रिकेटमा आफ्नो सशक्त उपस्थिति पुनः प्रमाणित गरेको छ।

व्यक्तिगत विधातर्फ बेस्ट बलर को उपाधि नासा इन्टरनेशनल कलेजका प्रिन्स बलायरले प्राप्त गरे भने बेस्ट ब्याट्सम्यान को सम्मान हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका अभिषेक बीकेलाई प्रदान गरियो। त्यसैगरी, प्रतियोगिताभर निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका पप्पु रोयले प्लेयर अफ द टुर्नामेन्ट को उपाधि जित्न सफल भए।

समापन समारोहमा KBA का व्यवसाय विकास प्रबन्धक बिनोद दाहालले स्वागत मन्तव्य राख्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्थाहरू, सहभागी टोलीहरू, प्रायोजक तथा मिडिया पार्टनरप्रति आभार व्यक्त गरे। प्रमुख अतिथि, हिसानका पूर्व अध्यक्ष तथा गोल्डेनगेट इन्टरनेशनल कलेज का प्रमुख कार्यकारी अधिकृत रमेश सिलवालले विजेता र उपविजेता टोलीलाई बधाई दिँदै यस्ता खेलकुद कार्यक्रमहरूले विद्यार्थीको नेतृत्व क्षमता, अनुशासन र समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। विशेष अतिथि, जुपिटर मिडिया का निर्देशक सुनील आचार्यले खेलकुद र शिक्षाबीचको सहकार्य अझ सुदृढ हुँदै गएको उल्लेख गर्दै सबै सहभागी खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गरे।

समारोहका अवसरमा विजेता तथा उपविजेता टोलीलाई नगद चेक, मेडल, ट्रफी तथा क्रिकेट किट प्रदान गरिएको थियो। साथै, आयोजकका तर्फबाट बिनोद दाहालले प्रमुख तथा विशेष अतिथिहरूलाई मायाको चिनो (टोकन अफ लभ) प्रदान गरेका थिए।

उक्त प्रतियोगिताको टाइटल स्पोन्सर का रूपमा गोल्डेनगेट इन्टरनेशनल कलेज रहेको थियो भने पावर्ड बाइ का रूपमा एडिथ कोवान विश्वविद्यालय र को–पावर्ड बाइ मा टेक्स्पायर कलेज रहेका थिए। त्यसैगरी, मिडिया पार्टनर: जुपिटर मिडिया, शिक्षा पार्टनर: इन्जिनियरिङ इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंकिङ पार्टनर: कुमारी बैंक लिमिटेड, टेक पार्टनर: चेरी डिजिटल टेक प्रा. लि., सप्लिमेन्ट पार्टनर: फिट एन्ड स्पेक्ट्रम, खाजा पार्टनर: हार्दिक रेस्टुरेन्ट र सेकुवा कर्नर तथा ट्राभल पार्टनर: आर्य ट्राभल रहेका थिए।

समग्रमा, KBA ग्लोबल क्रिकेट क्ल्यास २०२६ ले कलेजस्तरीय क्रिकेटमा प्रतिस्पर्धा, व्यावसायिकता र खेल भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै नेपाली शैक्षिक खेलकुद गतिविधिलाई नयाँ उचाइमा पुर्‍याएको आयोजकको निष्कर्ष रहेको छ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...