CG Electronics
IME Life
NIMB

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल टेलिकमले आफ्ना मोबाइल सेवाग्राहीहरूका लागि उपलब्ध गराउँदै आएको ग्रुप एसएमएस सेवा प्रभावकारी रहेको जनाएको छ। उक्त सेवामार्फत ग्राहकहरूले एकै पटक हजारौँ व्यक्तिलाई सामूहिक सन्देश पठाउन सक्ने व्यवस्था रहेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

कम्पनीका अनुसार सेवाग्राहीहरूले एकै पटक २ हजार, ५ हजार तथा १० हजार वटासम्म एसएमएस पठाउन सक्छन्। एउटै सन्देश धेरै व्यक्तिसम्म छिटो र सहज रूपमा पुर्‍याउनुपर्ने अवस्था रहने विभिन्न व्यक्ति तथा संस्थाहरूले यस सेवाको प्रयोग गर्दै आएका छन्।

सेवा शुल्कअन्तर्गत रु. १,२४३ मा २ हजार एसएमएस, रु. ३,१०८ मा ५ हजार एसएमएस तथा रु. ६,२१५ मा १० हजार एसएमएस पठाउन सकिने व्यवस्था रहेको छ।

यो सेवा प्रयोग गर्न प्रयोगकर्ताको नाममा दर्ता भएको कम्पनीको सिमकार्ड अनिवार्य हुने जनाइएको छ। साथै, पठाइने सन्देशको विषयवस्तु, शब्द चयन तथा भावसम्बन्धी सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाकै हुने कम्पनीले स्पष्ट पारेको छ।

ग्राहकले मोबाइल, डेस्कटप वा ल्यापटपमार्फत कम्पनीको आधिकारिक वेबसाइटमा लगइन गरी आवश्यक प्याकेज खरिद गर्न सक्नेछन्। सामूहिक सन्देश पठाउन आवश्यक नम्बरहरू एक्सेल शिटमार्फत अपलोड गरी एकै पटक धेरै व्यक्तिलाई सन्देश पठाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार सूचना प्रवाहलाई प्रभावकारी बनाउन ग्रुप एसएमएस सेवा उपयोगी विकल्पका रूपमा स्थापित हुँदै गएको छ।

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...