NADA AUTO SHOW -2026
IME Life
NIMB

नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष सम्झौता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालय बीच उपदान कोष सञ्चालनसम्बन्धी सम्झौता भएको छ।

सोमबार सम्पन्न उक्त सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा.डा. राजीव श्रेष्ठ ले हस्ताक्षर गरेका हुन्। सम्झौता समारोहमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले समेत उपस्थित रहेका थिए।

सम्झौताअनुसार विश्वविद्यालयले वार्षिक रूपमा कट्टा गरी पठाएको रकम कोषले सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा अद्यावधिक गर्नेछ। साथै, कोष ऐनअनुसार उक्त रकमबाट प्राप्त ब्याज तथा प्रतिफल पनि सम्बन्धित खातामा जम्मा गरिने व्यवस्था गरिएको छ।

यसका अतिरिक्त, विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीले कोषको नियमअनुसार ऋण तथा सापटी सुविधा समेत प्राप्त गर्नेछन्। त्यस्तै, विश्वविद्यालयको सिफारिसमा सेवानिवृत्त शिक्षक तथा कर्मचारीलाई उपदान रकम कोषमार्फत भुक्तानी गरिनेछ।

यस सम्झौताले विश्वविद्यालयका कर्मचारीहरूको आर्थिक सुरक्षा तथा बचत व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५७

काठमाडौं । मेरो खुकुरीलाई दुई स्वर्ण, न्युडको ‘जस्ट बी यु’लाई...

भृकुटीमण्डपमा भदौ १९ देखि विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा भदौ १९ देखि विद्युत्, ऊर्जा र...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५२

  काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एण्ड ट्रेड...

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:४९

काठमाडौं, ३ भाद्र । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश...

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:४०

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बागमती...

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा ५ हजार ४९० रुपैयाँको इयरबड्स निःशुल्क

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक,...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:५१

  काठमाडौं । ह्वावेले प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी र फिटनेसका...

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक मोबाइल फिल्म निर्माण र मूर्त कृत्रिम बुद्धिमत्ताको नयाँ युग सुरु

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:४६

  काठमाडौँ । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण इकोसिस्टम...