CG Electronics
IME Life
Ncell NPL

विराटनगरमा विद्यार्थीहरूसँग बीमा सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

मोरङ । ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। हिमालय दर्शन कलेज, सिटी कलेज र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा भएको कार्यक्रममा बीमाको महत्व, प्रकार, चुनौती, व्यवहारिक प्रयोग, नेपाली बीमा बजारको अवस्था र वित्तीय साक्षरताको आवश्यकता जस्ता विषयमा विस्तृत छलफल गरिएको थियो।

अन्तरक्रिया कार्यक्रमको सञ्चालन सहायक प्रथम मिलन पोख्रेल ले गरेका थिए। कार्यक्रममा कोशी प्रदेश प्रमुख प्रीति देव ले बीमाका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे जानकारी दिँदै प्राधिकरणको भूमिका, कर्तव्य र अधिकारबारे विद्यार्थी र शिक्षकलाई बुझाइन्। उनले नेपालको वित्तीय प्रणालीको समग्र परिचय प्रस्तुत गर्दै बीमा क्षेत्रको आवश्यकता र चुनौतीहरूबारे प्रकाश पारिन्।

देवले बीमा क्षेत्रको विकासमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई बीमा क्षेत्रमा आकर्षित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्। कार्यक्रमको अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसले विद्यार्थीहरूमा उत्साह थपेको थियो।

समापनमा, सहभागीहरूको प्रश्नको समाधान गर्दै उनले बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको र यस क्षेत्रमा भविष्य उज्ज्वल रहेको बताए। यसैबीच, प्राधिकरणले सञ्चालन गरेको निबन्ध लेखन प्रतियोगिताबारे पनि जानकारी दिइएको थियो। आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...