CG Electronics
IME Life
Ncell NPL

एन आईसी एशिया बैंकद्वारा ‘ग्लोबल मनी विक २०२६’, ४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । एन आईसी एशिया बैंक ले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा देशभर वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमबाट ४ हजारभन्दा बढी विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन्।

नेपाल राष्ट्र बैंक को राष्ट्रिय संयोजनमा आयोजित उक्त अभियान अन्तर्गत बैंकका सातै प्रदेशस्थित शाखाहरुले विभिन्न विद्यालय तथा कलेजहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थी तथा युवाहरुलाई वित्तीय ज्ञान, सीप तथा सकारात्मक वित्तीय व्यवहार विकासमा केन्द्रित प्रशिक्षण तथा अन्तरक्रियात्मक गतिविधिहरु प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार, सप्ताहभर सञ्चालन गरिएका ६७ भन्दा बढी कार्यक्रममार्फत ४ हजार १ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरु प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। साथै, वित्तीय साक्षरता र जनचेतना अझ व्यापक बनाउन बैंकले विभिन्न सचेतनामूलक सामग्री तयार गरी आफ्ना सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेको थियो।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन गरिएको यस अभियानले बालबालिका, विद्यार्थी तथा युवाहरुमा वित्तीय ज्ञान, सीप तथा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको बैंकले विश्वास लिएको छ।

बैंकका प्रमुख–ब्रान्डिङ्ग एण्ड मिडिया डिपार्टमेन्ट धिरेन्द्र प्रसाद वाग्लेका अनुसार, यस्ता कार्यक्रमहरुले दीर्घकालीन रूपमा जिम्मेवार वित्तीय व्यवहार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...