CG Electronics
IME Life
NIMB

सानिमा रिलायन्स लाइफको नवौं वार्षिकोत्सव, रक्तदानसहित सामाजिक कार्यक्रम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड नवौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले विविध सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरी उत्सव मनाएको छ।

कम्पनीका अध्यक्ष, सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदाधिकारीहरूको सहभागितामा प्रधान कार्यालयसहित देशभरका क्षेत्रीय तथा प्रादेशिक कार्यालयहरूमा कार्यक्रम गरिएको थियो। मानव जीवनको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले नेपाल रेड क्रस सोसाइटी सँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

त्यसैगरी, नि:सहाय सेवा सदन मा आश्रित असहाय वृद्धवृद्धाहरूका लागि आहार–विहार कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहज बनाउने, ग्राहक सम्पर्क प्रणाली सुदृढ गर्ने तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई अग्रणी जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्दै आएको जनाएको छ।

हाल कम्पनीले देशभर १६८ शाखामार्फत सेवा दिइरहेको छ। ५ अर्ब रुपैयाँभन्दा बढी पूँजी र २४ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको कम्पनीमा २२ हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन्।

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...