NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

गौमुल गाउँपालिकामा नियमित खोपबाट छुटेका बालबालिकाको खोजी अभियान सुरु

NIMB
leapmotornepal (citroen)

 

बाजुरा । नियमित खोप सेवाबाट छुटेका बालबालिकालाई खोजी र खोप अभियान सञ्चालन गर्न बाजुराको गौमुल गाउँपालिकाले सक्रिय कदम चालेको छ । गाउँपालिकाले ६ वटै वडामा पुगेर छुटेका बालबालिकाको पहिचान गरी सर्वेक्षण सुरु गरेको जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख हरिश विकका अनुसार, पालिकाका १० वटा स्वास्थ्य संस्थाबाट एक–एक जना स्वास्थ्यकर्मी खटाएर अभियान सञ्चालन गरिएको छ।

अभियानको मुख्य उद्देश्य विभिन्न कारणले खोपबाट वञ्चित बालबालिकालाई पहिचान गरी खोपको दायरामा ल्याउनु रहेको छ । यो अभियान यही चैत मसान्तसम्म सञ्चालन हुने जनाएको छ ।

छिमेकी भारत जाने परिवारका बालबालिकाहरू खोप कार्ड नहुँदा वञ्चित हुने गरेका छन् । गत वर्ष यहाँ २ बालबालिका छुटेका थिए, तर यस वर्ष हालसम्म त्यस्ता बालबालिका भेटिएका छैनन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टका अनुसार, २०८३ वैशाख मसान्तभित्रै गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता गर्ने लक्ष्यका साथ सर्वेक्षण अभियानलाई तीव्रता दिइएको छ । प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली खटाएर नियमित खोपबाट छुटेका बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...