CG Electronics
IME Life
NIMB

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको भरोसाको सारथी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान तयार पार्छिन् । कसैका लागि त्यो सामान्य दिनको सुरुवात हो । तर यदि त्यो बच्चा अटिजम स्पेक्ट्रममा पर्छ भने, त्यो बिहान केवल दिनको सुरुवात हुँदैन । त्यो एउटा संघर्षको निरन्तरता हुन्छ ।

बच्चाले जुत्ता लगाउन नमानेको, आवाजबाट डराएको, नयाँ ठाउँमा जान नचाहेको वा बोल्न नसकेको क्षणले त्यो परिवारको दिन कसरी सुरु हुन्छ भन्ने निर्धारण गरिरहेको हुन्छ ।

नेपालमा यस्ता हजारौं परिवार छन् जसले आफ्ना बालबालिकासँगै अटिजमसँग जीवन बिताइरहेका छन् । तर केही वर्षअघि सम्म उनीहरूको पीडा, अन्योल र संघर्षलाई बुझ्ने कोही थिएन । न स्कुल थियो, न तालिम थियो, न त राज्यको कुनै पहिचान नै ।

त्यही खालीपनबाट जन्मिएको थियो (अटिजम केयर नेपाल सोसाइटी’ २००८ सालमा विश्व अटिजम जागरुकता दिवस मनाइँदै गरेको दिन, केही अभिभावकहरू एउटै कोठामा भेला भएका थिए । उनीहरू कुनै संस्था खोल्न वा अभियान चलाउन आएका थिएनन् । उनीहरू त केवल आफ्ना बच्चाको समस्या बुझ्ने अर्को मान्छे खोजिरहेका थिए ।

त्यही दिन एउटा समूह बन्यो । कसैले आफ्नो बच्चाले बोल्न नसकेको पीडा सुनायो, कसैले स्कुलले भर्ना लिन नमानेको कुरा ग¥यो, कसैले समाजले ‘यो त बौद्धिक अपाङ्ग हो’भनेर दिएको चोट सुनायो ।

त्यो समूहमा थिइन् सोसाइटीकी अध्यक्ष सुनिता मलेखकु अमात्य पनि । उनी आफ्नै बच्चाको भविष्यको चिन्ताले त्यहाँ पुगेकी थिइन् । तर त्यही दिनदेखि उनले आफ्नो बच्चाको मात्र होइन, हजारौं अटिजम भएका बालबालिकाको भविष्यका लागि लड्ने निर्णय गरिन् ।

सुरुका दिनमा उनीहरूलाई अटिजम के हो भन्ने पनि धेरै थाहा थिएन । तर उनीहरूलाई यति थाहा थियो,आफ्ना बच्चालाई घरको एउटा कोठाभित्र सीमित राखेर हुँदैन । उनीहरूलाई पनि सिक्न, खेल्न, घुलमिल हुन र आफ्नो जीवन बाँच्न पाउने अधिकार छ ।

समय बित्दै गयो बच्चाहरू ठूला हुँदै गए, अभिभावकहरूको चिन्ता पनि ठूला हुँदै गयो। अब मेरो बच्चा कहाँ पढ्ने ? कसले बुझ्ने ? हामीपछि यसको के हुन्छ ? यी प्रश्नहरू दिनहुँ दोहोरिन थाले ।

अनि त्यही प्रश्नले एउटा सानो डे–केयर जन्मायो । त्यो डे–केयर कुनै ठूलो भवनमा थिएन। त्यहाँ धेरै स्रोतसाधन पनि थिएन । तर त्यहाँ एउटा कुरा थियो,मायाले भरिएको प्रयास ।

त्यसपछि अभिभावक तालिम सुरु भयो । कसरी अटिजम भएका बच्चासँग बोल्ने, कसरी सिकाउने, कसरी रिस र डरलाई बुझ्ने भन्ने कुरा सिकाइयो । त्यसपछि शिक्षक तालिम सुरु भयो । एक–एक जना अभिभावक, एक–एक जना शिक्षक, एक–एक जना बालबालिकाको जीवनसँग जोडिँदै गए, तर यात्रा सजिलो थिएन । नेपालमा धेरै वर्षसम्म अटिजमलाई बौद्धिक अपाङ्गताभित्र राखेर हेरियो ।

एउटा बच्चाले बोल्न नसकेको वा फरक व्यवहार गरेको आधारमा उसको सम्पूर्ण पहिचानलाई गलत तरिकाले बुझियो । धेरै स्कुलहरूले अटिजम भएका बच्चालाई भर्ना लिन मानेनन् । धेरै अभिभावकहरूले आफ्ना बच्चालाई सार्वजनिक ठाउँमा लैजान डराए । किनकि समाजले हेर्ने नजर दयाको थियो, स्वीकारको होइन ।

सुनिताले त्यहीँबाट अर्को लडाइँ सुरु गरिन् । उनी बारम्बार सरकारी कार्यालय पुगिन् । उनले एउटै कुरा दोहो¥याइरहिन् ‘अटिजम र बौद्धिक अपाङ्गता एउटै होइन’
अटिजम भएका सबै बच्चाको क्षमता एउटै हुँदैन। कसैले बोल्न नसक्ला, तर उसले चित्र बनाउन सक्छ । कसैले आँखा जुधाउन नसक्ला, तर उसले असाधारण सम्झना राख्न सक्छ । कसैले साथी बनाउन नसक्ला, तर उसले एउटा काम अरू कसैले भन्दा धेरै राम्रो गर्न सक्छ ।

लामो संघर्षपछि सन् २०१७ मा अटिजमलाई छुट्टै विशिष्ट अपाङ्गताका रूपमा पहिचान गरियो । त्यो कानुनको एउटा लाइन मात्रै थिएन। त्यो हजारौं परिवारको अस्तित्व स्वीकारिएको क्षण थियो ।

आज अटिजम केयर सोसाइटीसँग आफ्नै स्कुल छ त्यहाँ ४० जना बालबालिकाका लागि ठाउँ छ । एउटा कक्षामा आठ जनाभन्दा बढी राखिँदैन । किनकि हरेक बच्चा फरक हुन्छ । कसैलाई धेरै समय चाहिन्छ, कसैलाई धेरै धैर्यता, कसैलाई धेरै माया ।

संस्थामा अहिले १८ वर्षभन्दा माथिका युवाहरूका लागि तालिम पनि चलिरहेको छ । उनीहरूलाई विभिन्न सीप सिकाइन्छ । कोही कागजका सामग्री बनाउँछन्, कोही सानो काम सिकिरहेका छन ्। किनकि एउटा दिन उनीहरू पनि आफ्नो जीवन आफैं चलाउन सकून् भन्ने सपना छ, तर त्यही सपनासँगै एउटा पीडा पनि जोडिएको छ ।

संस्थाले अभिभावक तालिमका लागि सरकारबाट केही सहयोग पाउँदै आएको छ । वर्षमा कहिले १० लाख, कहिले ११ लाख रुपैयाँ सोसमइटीको अनुसार तर त्यो सहयोग पर्याप्त छैन । सबैभन्दा ठूलो चुनौती भनेकै अपरेसनल खर्चको अभाव हो ।
‘सरकारको पनि आफ्नो सीमितता छ । तर हामी राष्ट्रिय स्तरमा काम गरिरहेका छौं । तालिम, सचेतना, एडभोकेसी सबै गरिरहेका छौं । यति धेरै जनशक्ति तयार गरिरहेका छौं । यदि निश्चित स्तरको सहयोग नियमित रूपमा भयो भने, हामीलाई योजना बनाउन धेरै सजिलो हुन्थ्यो ।’
उनका अनुसार अर्को ठूलो समस्या भनेको ट्रेन्ड स्टाफ टिकाउन नसक्नु हो ।

‘हामीले मान्छे तयार गर्छौं, तर तलब दिन नसकेर उनीहरू टिक्न सक्दैनन्,‘उनी भन्छिन् यहाँ सिकेका धेरै जना बाहिर जान्छन्, अनि फेरि नयाँ मान्छेबाट सुरु गर्नुपर्छ ।

हामीसँग यति पैसा हुँदैन कि राम्रो तलब दिन सकियोस्। यहाँ सिकेका धेरै जना बाहिर जान्छन् । अनि फेरि सुरुबाट नयाँ मान्छेलाई सिकाउनुपर्छ। लगभग दुई दशकपछि बल्ल संस्थाले आफ्नै भवन पाएको छ । त्योभन्दा पहिले उनीहरू भाडाको घरमा थिए ।

कहिलेकाहीँ कोठाको भाडा तिर्न पनि गाह्रो हुन्थ्यो । तर त्यही कोठाभित्र धेरै अभिभावकहरूले पहिलो पटक आफू एक्लो नभएको महसुस गरेका थिए ।’
उनको अनुसार आज देशका धेरै जिल्लामा साना–साना सेवा केन्द्रहरू खुलेका छन् ।

त्यहाँ काम गर्ने धेरै जनाले यही संस्थाबाट तालिम लिएका छन् । कसैले आफ्नो गाउँमा एउटा सानो कक्षा खोलेका छन् । कसैले एउटा बच्चालाई पढाउन थालेका छन् । तर अझै एउटा प्रश्न बाँकी छ ।

अभिभावक नभएपछि यी बालबालिकाको के हुन्छ ?
यो प्रश्नले धेरै आमाबाबुको निद्रा हराउँछ । एउटा आमा आफ्नो बच्चालाई हेरेर भन्छिन्, म त सधैं रहन्नँ म पछि यसलाई कसले बुझ्ला ? त्यो प्रश्नको जवाफ अहिले कसैसँग छैन । न अभिभावकसँग, न संस्थासँग, न राज्यसँग ।

सायद यही कारण हो, अटिजमको कथा केवल एउटा स्वास्थ्य वा शिक्षाको विषय होइन । यो एउटा परिवारको कथा हो एउटा आमाको चिन्ताको कथा हो । एउटा बाबुको मौन पीडाको कथा हो र त्यो बच्चाको कथा हो, जसले संसारलाई फरक तरिकाले देख्छ, तर जसलाई संसारले अझै पनि बुझ्न सिकिरहेको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...