CG Electronics
IME Life
NIMB

नेपालमा रोयल इन्फिल्डको ‘गोअन क्लासिक ३५०’ सार्वजनिक हुँदै, आजै मूल्य घोषणा गरिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ। Alpha Automotive Pvt. Ltd. ले नेपालमा Royal Enfield Goan Classic 350 मोटरसाइकल सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार उक्त मोडल वैशाख २ गते काठमाडौँको Royal Enfield Showroom मा आयोजना हुने कार्यक्रममा सार्वजनिक गरिनेछ।

कम्पनीले यसलाई “बब्बर स्टाइल र स्वतन्त्र जीवनशैली झल्काउने” मोटरसाइकलका रूपमा प्रस्तुत गरेको छ। नयाँ मोडलले परम्परागत Classic 350 भन्दा फरक डिजाइन र राइडिङ अनुभव दिने बताइएको छ।

Goan Classic 350 मा मिनी एप-ह्याङ्गर ह्यान्डलबार, अगाडि सर्ने फुटपेग, सिंगल सिट र छोटो रियर फेन्डर जस्ता विशेषता समावेश गरिएको छ। यसको सिट उचाइ ७५० मिमी रहेको छ, जसले सबै उचाइका चालकका लागि सहज बनाउने कम्पनीको दाबी छ।

यसमा LED लाइट, ट्युबलेस स्पोक ह्विल र Tripper Navigation जस्ता आधुनिक सुविधा उपलब्ध छन्। ३४९ सीसीको J-सीरीज इन्जिन जडान गरिएको उक्त मोटरसाइकलले २०.२ बीएचपी शक्ति र २७ एनएम टर्क उत्पादन गर्छ।

कम्पनीका अनुसार कार्यक्रममा सहभागीहरूले मोटरसाइकल अवलोकन गर्नुका साथै बुकिङ प्रक्रिया सम्बन्धी जानकारी पनि प्राप्त गर्न सक्नेछन्।

हाल नेपालमा Royal Enfield Classic 350 का विभिन्न भेरियन्टहरूको मूल्य ५ लाख ६६ हजार रुपैयाँदेखि ५ लाख ७९ हजार रुपैयाँसम्म रहेको छ। नयाँ Goan Classic 350 को मूल्य भने सार्वजनिक कार्यक्रममा घोषणा गरिने जनाइएको छ।

कम्पनीले आधिकारिक डिलरमार्फत खरिद गर्दा ३ वर्ष वा ३० हजार किलोमिटर वारेन्टी, जेन्युइन पार्ट्स तथा राइडर कम्युनिटीमा सहभागी हुने सुविधा उपलब्ध हुने जनाएको छ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...