CG Electronics
IME Life
NIMB

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने लक्ष्यसहित आगामी बजेट निर्माण गरिने बताएका छन्।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत वर्तमान आर्थिक चुनौतीहरूको समाधान खोजिने उल्लेख गरे।

उनले पुँजी निर्माण, रोजगारी सिर्जना र बढ्दो मूल्यवृद्धि नियन्त्रणलाई सरकारको मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उत्पादनमुखी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याइने संकेत गरे। साथै, निजी क्षेत्र र सञ्चारमाध्यमबीच सहकार्य बढाएर आर्थिक गतिविधिलाई गतिशील बनाउने आवश्यकता औंल्याए।

अर्थमन्त्री वाग्लेले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै पारदर्शिता र जवाफदेहिता बढाउनेतर्फ सरकार केन्द्रित रहने बताए। उनले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन विशेष कार्यक्रम ल्याइने पनि जानकारी दिए।

छलफलका क्रममा इमानका प्रतिनिधिहरूले सञ्चार क्षेत्रको दिगो विकासका लागि स्पष्ट, सन्तुलित र समावेशी नीति आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले आर्थिक पत्रकारितालाई थप प्रभावकारी बनाउन सरकार र मिडियाबीच नियमित संवाद र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए।

यस भेटघाटले सरकार र सञ्चार क्षेत्रबीच समन्वय बढाउँदै आर्थिक सुधारका एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...