CG Electronics
IME Life
Ncell NPL

नेपाल लाइफको २५औँ वर्षमा बीमालेख नवीकरणमा विलम्ब शुल्क पूर्ण छुट

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ।

वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थामा, सहज रूपमा नवीकरण बीमाशुल्क भुक्तानीमार्फत त्यस्ता व्यतीत बीमालेखहरू पुनः सक्रिय गरी बीमितहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको महसुस गर्दै कम्पनीले मिति २०८३/०१/०७ देखि २०८३/०२/०५ सम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट प्रदान गर्ने गरी विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३ लागू गरेको छ।

रजत जयन्तीको अवसरमा कम्पनीद्वारा बीमितहरूका लागि पहिलो पटक यति ठूलो विलम्ब शुल्क छुट योजना ल्याइएको हो। ३० दिनको अवधिका लागि ल्याइएको यस अवसरलाई बीमालेख व्यतीत भएका आम बीमितहरूले भरपूर रूपमा उपयोग गरी विलम्ब शुल्क छुटको लाभ लिन सक्नेछन्।

नेपाल लाइफले आफ्ना सम्पूर्ण बीमित महानुभावहरूलाई यस अवसरको सदुपयोग गर्दै बीमालेख नवीकरण गरी निरन्तर सुरक्षा सुनिश्चित गर्न हार्दिक अनुरोध गर्दछ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देशकै अग्रणी जीवन बीमा कम्पनी हो, जसले करिब ३०% सम्मको बजार हिस्सा ओगट्दै आएको छ। विगत २५ वर्षदेखि लाखौं नेपाली परिवारहरूको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९,००० भन्दा बढी अभिकर्ताहरूको सशक्त नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ। सेवाप्रति उच्च प्रतिबद्धताका कारण कम्पनीले बीमा क्षेत्रमा विश्वसनीयता, पहुँच र उत्कृष्टताको निरन्तर उदाहरण प्रस्तुत गर्दै आएको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले भन्नुभयो:
“नेपाल लाइफ इन्स्योरेन्सले विगतदेखि नै ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। बीमालेख व्यतीत हुनु विभिन्न परिस्थितिहरूको परिणाम हुन सक्छ भन्ने यथार्थलाई मध्यनजर गर्दै, ग्राहकलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो विशेष छुट योजना कार्यान्वयनमा ल्याइएको हो।

हामी सम्पूर्ण बीमित महानुभावहरूलाई यस अवसरको सदुपयोग गर्दै आफ्नो तथा आफ्नो परिवारको भविष्यलाई थप सुरक्षित र सुनिश्चित बनाउन हार्दिक अनुरोध गर्दछौं। नेपाल लाइफ सधैं तपाईंको विश्वासको सहयात्री रहिरहनेछ।”

 

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...