CG Electronics
IME Life
Ncell NPL

नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन ‘रोड शो’ सफलतापूर्वक सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्काशन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत आयोजित ‘रोड शो’ सफलतापूर्वक सम्पन्न भएको छ।

मिति २०८३ वैशाख ११ गते काठमाडौंको म्यारियट होटल, नक्सालमा सम्पन्न उक्त कार्यक्रम निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आयोजना गरेको हो। कार्यक्रममा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थागत लगानीकर्ताहरूले शेयरको मूल्य निर्धारण, माग तथा मूल्याङ्कन प्रक्रियाबारे आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (CEO) अजयकुमार मिश्रले अस्पतालको हालको सञ्चालन अवस्था, वित्तीय प्रदर्शन, रणनीतिक योजना तथा भविष्य विस्तार योजनाबारे जानकारी दिएका थिए।

लक्ष्मी सनराइज क्यापिटलले बुक–बिल्डिङ प्रक्रिया, मूल्य निर्धारण विधि तथा नियामक व्यवस्था सम्बन्धी प्रस्तुति दिएको थियो। लगानीकर्ताहरूले प्रक्रिया पारदर्शी र विश्वसनीय रहेको प्रतिक्रिया दिएका छन्।

रोड शो सम्पन्न भएसँगै योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको शेयर संख्या तथा प्रस्तावित मूल्य शिलबन्दी (sealed bid) मार्फत ५ कार्य दिनभित्र, अर्थात् वि.सं. २०८३ वैशाख २१ गते साँझ ५ बजेभित्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (NEPSE) मा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

हस्पिटलले कार्यक्रममा सहभागी सबै लगानीकर्ता तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ।

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली बजारमा सार्वजनिक

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१५

काठमाडौं । नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको...

नेपालको आईटी क्षेत्रलाई अमेरिकी बजारसँग जोड्ने “नेपाल टेक रोडशो यूएसए २०२६” घोषणा

नेपालको आईटी क्षेत्रलाई अमेरिकी बजारसँग जोड्ने “नेपाल...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:३८

  काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस...

एनटिसीले २८ दिने प्रिपेड प्याकेजलाई ३० दिन बनायो, ग्राहकलाई अतिरिक्त सुविधा

एनटिसीले २८ दिने प्रिपेड प्याकेजलाई ३० दिन...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:३४

  काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८...

प्रोफेसनल होल्डिङ्स् लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न, ५०प्रतिशत बोनस शेयर घोषणा

प्रोफेसनल होल्डिङ्स् लिमिटेडको २०औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:१८

  काठमाडौं । प्रोफेसनल होल्डिङ्स् लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)को...

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...