CG Electronics
IME Life
NIMB

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले निजी क्षेत्रको मनोबल र लगानीको वातावरणप्रति गम्भीर चासो व्यक्त गर्दै प्रतिष्ठित व्यवसायीमाथि अनुसन्धानका नाममा हुने धरपकड रोक्न सरकारसँग आग्रह गरेको छ।

नाडाले जारी गरेको प्रेस विज्ञप्तिमा आफ्ना पूर्व अध्यक्ष शेखर गोल्छा सम्बन्धी हालै सार्वजनिक भएका विषयप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै निष्पक्ष छानबिनको पक्षमा रहेको जनाएको छ। तर अनुसन्धानका क्रममा व्यवसायीलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले निजी क्षेत्रको आत्मविश्वासमा नकारात्मक असर पर्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा गोल्छालाई नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका सम्मानित व्यक्तित्वका रूपमा उल्लेख गरिएको छ। यस्तो पृष्ठभूमि भएका व्यक्तिमाथि हुने व्यवहारले समग्र उद्योगी–व्यवसायीमा नकारात्मक सन्देश जाने नाडाको भनाइ छ।

नाडाले राज्यको अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग रहने स्पष्ट पारेको छ। यद्यपि, लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने समयमा यस्ता घटनाले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रास पैदा गर्न सक्ने उल्लेख गरिएको छ।

संस्थाले सरकारसमक्ष गोल्छामाथि “पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन” आग्रह गर्दै दोषी प्रमाणित नभएसम्म व्यक्तिको आत्मसम्मान र व्यवसायिक प्रतिष्ठा जोगाउनु राज्यको दायित्व भएको जनाएको छ।

नाडाले निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउने वातावरण निर्माण गर्दै आर्थिक समृद्धिको यात्रामा सहकार्य गर्न सरकारसँग जोडदार माग समेत गरेको छ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...