CG Electronics
IME Life
NIMB

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष क्षमता भएका रोल्पाका एक बालकको शिक्षामा सहयोग गर्ने निर्णय गरेको छ।

कम्पनीले रोल्पा नगरपालिका–१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि आवश्यक शैक्षिक तथा आवासीय सहयोग उपलब्ध गराउने जनाएको हो। जन्मजात दुबै हात नचल्ने शारीरिक अवस्थाका बाबजुद उनले खुट्टाको सहारामा लेख्दै अध्ययनलाई निरन्तरता दिँदै आएका छन्।

‘Routine of Nepal Banda’ मा प्रकाशित समाचारका आधारमा सार्वजनिक भएको उनको संघर्षपूर्ण कथाबाट प्रभावित हुँदै कम्पनीले सहयोगको पहल गरेको हो। हाल कक्षा ५ उत्तीर्ण गरेका सन्देशलाई रोल्पामा अपाङ्गमैत्री विद्यालयको अभाव र कमजोर आर्थिक अवस्थाका कारण थप अध्ययनमा कठिनाइ भइरहेको थियो।

यसै सन्दर्भमा कम्पनीले काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय सँग समन्वय गरी उनको अध्ययनको व्यवस्था मिलाएको छ। साथै, आवास र हेरचाहका लागि अपाङ्ग नवजीवन केन्द्र सँग सहकार्य गरिएको छ।

व्यवस्था अनुसार केन्द्रले सन्देशको बसोबास, हेरचाह तथा अध्ययन समन्वय गर्नेछ भने विद्यालयमा माध्यमिक तहसम्मको अध्ययन गराइनेछ। उक्त अध्ययनका लागि आवश्यक सम्पूर्ण खर्च कम्पनीले अर्धवार्षिक रूपमा उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार विशेष आवश्यकता भएका बालबालिकालाई उपयुक्त वातावरणमा गुणस्तरीय शिक्षा दिलाउने उद्देश्यले यो पहल गरिएको हो। सन्देशको आत्मविश्वास र संघर्षबाट प्रेरित यो सहयोगले उनको शैक्षिक यात्रा सहज हुने विश्वास व्यक्त गरिएको छ।

कम्पनीले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...