CG Electronics
IME Life
Ncell NPL

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा कमजोर र महंगो रहेको पर्यटकहरुले गुनासो गरेका छन् । आधार शिविरमा इन्टरनेट सेवा विस्तार भएपनि सेवा महंगो भएको प्रयोगकर्ताहरुको भनाइ छ ।

आधार शिविरमा पुग्ने स्वदेशी र विदेशी नागरिकले ताररहित इन्टरनेट सेवा २४ सै घण्टा चलाउन पाउँछन् । यतिबेला सगरमाथा आरोहणको सिजन भएकाले सो क्षेत्रमा पुगेका सबैले ताररहित इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । आधार शिविरिमा पुगेकाले चलाउने इन्टनरेट अत्याधिक मंहगो भएको एक्सपिटिसन कम्पनीका प्रतिनिधिहरुको समेत गुनासो छ । तर सेवा प्रदायक कम्पनीहरुले आधार शिविरमा सेवा दिन गाह्रो हुने भएको र सेवाग्राही पनि सिजनल हुने भएकाले मंहगो पर्ने गरेको बताउँछन् । आधार शिविरसम्म एभरेस्ट लिङ्क र एयर लिंक जस्ता नेपाली प्रदायकहरूको सेवा उपलब्ध छ । ५१ सय मिटरसम्म एनटीसी र एनसेलको टावर भएपनि सिजनमा काम गर्दैन । अफ सिजनमा सामान्य मात्र चल्छ ।

एयर लिंक कम्पनीका संचालक बुद्धि तामाङका अनुसार बेसक्याम्पमा आरोही जाने मौसम अर्थात क्याम्प बसेको बेला मात्रै इन्टरनेट दिनुपर्ने भएकाले पनि तुलनात्मक रूपमा लागत र प्रविधिका हिसावले केही महंगो पर्ने गरेको छ । ‘दुई हजारदेखि २५ सय रुपैंयाँमा एक महिनाको इन्टरनेट प्याकेज दिइरहेका छौं । तर विदेशीहरुलाई केही मंहगो पर्नजान्छ, उनीहरुलाई खर्च गर्न पनि गार्हो छैन् । जटिल भूगोल र उच्च हिमाली क्षेत्रमा सेवा प्रदान गर्न सहज छैन् । इन्टरनेट सेवा राम्रो छ तर स्याटेलाइटमार्फत भइरहेको अनाधिकृत सेवाले हामीलाई असर पारेको छ । त्यसमा सरकारी चासो हुनुपर्यो, मिडियाले लेखिदिनुपर्यो,’ उनले भने ।

 

नेपाल टेलिकम, एनसेलजस्ता सेवा प्रदायकहरुले उच्च हिमाली क्षेत्रमा सेवा विस्तार नगरेका कारण पनि इन्टरनेट सेवा मंहगो पर्न गएको छ । नेपाल टेलिकमका सह प्रवक्ता प्रक्षेत थापा क्षेत्रीका अनुसार टेलिकमले सेवा विस्तारलाई तिब्र बनाएको छ । ‘सगरमाथा क्षेत्रको दिङ्बोचेसम्म फोरजी, लिङ्बोचेदेखि गोरेछापसम्म टूजी सेवा विस्तार गरिसकेका छौं । फाइबर विस्तारका लागि धमाधम सामग्रीहरु धुवानी गरिरहेका छौं । चाँडै तिब्र गतिको इन्टरनेट सेवा विस्तार गर्ने योजना छ,’ उनले भने । तर हिमाली क्षेत्र वा सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा अनाधिकृत रूपमा प्रयोग भइरहेकाले नेपाली सेवा प्रदायकहरुलाई कठिनाइ भइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०८२ साल २२ वैशाखमा सूचना जारी गर्दै अनाधिकृत रुपमा इन्टरनेट सेवा संचालनमा रहेको उल्लेख गरेको थियो।
प्राधिकरणले भनेको थियो,‘नेपालका केही स्थानहरू (अग्ला हिमालहरूका आधार शिविर क्षेत्रहरूमा) हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरूले अनधिकृत रूपमा विदेशी दूरसञ्चार सेवाप्रदायक कम्पनीको स्याटेलाइट (भूउपग्रह) इन्टरनेट सेवा उपलब्ध गराउने गरेको र प्रयोग गर्ने गराउने गरेको भन्ने बुझिन आएको तथा उक्त कार्य दूरसञ्चार ऐन २०५३ को दफा २१ को प्रावधानविपरीत भएकाले यस्तो कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

एयर लिंकका संचालक तामाङले दिएको जानकारी अनुसार सगरमाथा क्षेत्रमा करिब ५३ वटा स्याटेलाइट अनाधिकृत रुपमा प्रयोग भइरहेको छ । नेपाल दूर संचार प्राधिकरणका निर्देशक मीन प्रसाद अर्यालले सेवा मंहगो भएकोबारे आफूहरुले अध्ययन गरिएको बताए ।उनले भने,‘प्राधिकरणले गुणस्तर मापदण्ड तोकेको हुन्छ, सो अनुसार सेवा प्रदान गर्नुपर्छ । भौगोलिक रुपमा कठिन भएकाले अनुगमनमा केही समस्या भइरहेको छ, हामी अध्ययनका क्रममा छौं । अवैध सेवा र शुल्क लिएको पाए कारवाही गर्छौं ।’ तर प्राधिकरणले केही बर्षअघि नै प्रमुख पर्यटकीय क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको अभियान सगरमाथा र अन्नपूर्ण आधार शिविरसम्म विस्तार जनाएपनि त्यो प्रभावकारी देखिएको छैन् । प्राधिकरणले दुई पर्यटकीय केन्द्रमा निःशुल्क सेवा सुरु गरेको जनाएको थियो ।

यता, आधार शिविरभन्दा माथि नेपाली सेवा प्रदायकहरुले सेवा विस्तार गर्न नसकेपछि अनधिकृत रुपमा विदेशी प्रदायकहरुले सेवा दिइरहेका छन्। ति सबै अवैध छन् । अधिकांश आरोहीहरूले आधार शिविरभन्दा माथि उपलब्ध हुने इन्टरनेट स्याटलाइटमा आधारित रहेको बताए । तर त्यस्ता सेवा अनाधिकृत भएको र सरकारको निगरानी वा दायरामा भन्दा बाहिर रहेको पाइन्छ ।

कतिपय आरोहीहरु इन्टरनेटको पहुँचमा हुनुलाई सुरक्षित ठान्ने गरेका छन् । हराइयो वा दुर्घटनामा परियो भने सम्पर्क गर्न सजिलो हुने भएकाले पर्वतारोहण कम्पनीहरूले कसरी इन्टरनेटको व्यवस्था गर्छन् भन्नेसँग खासै चासो राख्ने गरेका छैनन् । तर नेपालीहरुले सेवा महंगो र कमजोर भएको बताउने गरेका छन् ।सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा कमजोर र महंगो रहेको पर्यटकहरुले गुनासो गरेका छन् । आधार शिविरमा इन्टरनेट सेवा विस्तार भएपनि सेवा महंगो भएको प्रयोगकर्ताहरुको भनाइ छ ।

आधार शिविरमा पुग्ने स्वदेशी र विदेशी नागरिकले ताररहित इन्टरनेट सेवा २४ सै घण्टा चलाउन पाउँछन् । यतिबेला सगरमाथा आरोहणको सिजन भएकाले सो क्षेत्रमा पुगेका सबैले ताररहित इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् ।
आधार शिविरिमा पुगेकाले चलाउने इन्टनरेट अत्याधिक मंहगो भएको एक्सपिटिसन कम्पनीका प्रतिनिधिहरुको समेत गुनासो छ । तर सेवा प्रदायक कम्पनीहरुले आधार शिविरमा सेवा दिन गाह्रो हुने भएको र सेवाग्राही पनि सिजनल हुने भएकाले मंहगो पर्ने गरेको बताउँछन् ।
आधार शिविरसम्म एभरेस्ट लिङ्क र एयर लिंक जस्ता नेपाली प्रदायकहरूको सेवा उपलब्ध छ । ५१ सय मिटरसम्म एनटीसी र एनसेलको टावर भएपनि सिजनमा काम गर्दैन । अफ सिजनमा सामान्य मात्र चल्छ ।

एयर लिंक कम्पनीका संचालक बुद्धि तामाङका अनुसार बेसक्याम्पमा आरोही जाने मौसम अर्थात क्याम्प बसेको बेला मात्रै इन्टरनेट दिनुपर्ने भएकाले पनि तुलनात्मक रूपमा लागत र प्रविधिका हिसावले केही महंगो पर्ने गरेको छ । ‘दुई हजारदेखि २५ सय रुपैंयाँमा एक महिनाको इन्टरनेट प्याकेज दिइरहेका छौं । तर विदेशीहरुलाई केही मंहगो पर्नजान्छ, उनीहरुलाई खर्च गर्न पनि गार्हो छैन् । जटिल भूगोल र उच्च हिमाली क्षेत्रमा सेवा प्रदान गर्न सहज छैन् । इन्टरनेट सेवा राम्रो छ तर स्याटेलाइटमार्फत भइरहेको अनाधिकृत सेवाले हामीलाई असर पारेको छ । त्यसमा सरकारी चासो हुनुपर्यो, मिडियाले लेखिदिनुपर्यो,’ उनले भने । नेपाल टेलिकम, एनसेलजस्ता सेवा प्रदायकहरुले उच्च हिमाली क्षेत्रमा सेवा विस्तार नगरेका कारण पनि इन्टरनेट सेवा मंहगो पर्न गएको छ । नेपाल टेलिकमका सह प्रवक्ता प्रक्षेत थापा क्षेत्रीका अनुसार टेलिकमले सेवा विस्तारलाई तिब्र बनाएको छ ।

 

‘सगरमाथा क्षेत्रको दिङ्बोचेसम्म फोरजी, लिङ्बोचेदेखि गोरेछापसम्म टूजी सेवा विस्तार गरिसकेका छौं । फाइबर विस्तारका लागि धमाधम सामग्रीहरु धुवानी गरिरहेका छौं । चाँडै तिब्र गतिको इन्टरनेट सेवा विस्तार गर्ने योजना छ,’ उनले भने ।तर हिमाली क्षेत्र वा सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा अनाधिकृत रूपमा प्रयोग भइरहेकाले नेपाली सेवा प्रदायकहरुलाई कठिनाइ भइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०८२ साल २२ वैशाखमा सूचना जारी गर्दै अनाधिकृत रुपमा इन्टरनेट सेवा संचालनमा रहेको उल्लेख गरेको थियो।
प्राधिकरणले भनेको थियो,‘नेपालका केही स्थानहरू (अग्ला हिमालहरूका आधार शिविर क्षेत्रहरूमा) हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरूले अनधिकृत रूपमा विदेशी दूरसञ्चार सेवाप्रदायक कम्पनीको स्याटेलाइट (भूउपग्रह) इन्टरनेट सेवा उपलब्ध गराउने गरेको र प्रयोग गर्ने गराउने गरेको भन्ने बुझिन आएको तथा उक्त कार्य दूरसञ्चार ऐन २०५३ को दफा २१ को प्रावधानविपरीत भएकाले यस्तो कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

एयर लिंकका संचालक तामाङले दिएको जानकारी अनुसार सगरमाथा क्षेत्रमा करिब ५३ वटा स्याटेलाइट अनाधिकृत रुपमा प्रयोग भइरहेको छ । नेपाल दूर संचार प्राधिकरणका निर्देशक मीन प्रसाद अर्यालले सेवा मंहगो भएकोबारे आफूहरुले अध्ययन गरिएको बताए ।उनले भने,‘प्राधिकरणले गुणस्तर मापदण्ड तोकेको हुन्छ, सो अनुसार सेवा प्रदान गर्नुपर्छ । भौगोलिक रुपमा कठिन भएकाले अनुगमनमा केही समस्या भइरहेको छ, हामी अध्ययनका क्रममा छौं । अवैध सेवा र शुल्क लिएको पाए कारवाही गर्छौं ।’तर प्राधिकरणले केही बर्षअघि नै प्रमुख पर्यटकीय क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको अभियान सगरमाथा र अन्नपूर्ण आधार शिविरसम्म विस्तार जनाएपनि त्यो प्रभावकारी देखिएको छैन् । प्राधिकरणले दुई पर्यटकीय केन्द्रमा निःशुल्क सेवा सुरु गरेको जनाएको थियो ।

यता, आधार शिविरभन्दा माथि नेपाली सेवा प्रदायकहरुले सेवा विस्तार गर्न नसकेपछि अनधिकृत रुपमा विदेशी प्रदायकहरुले सेवा दिइरहेका छन्। ति सबै अवैध छन् । अधिकांश आरोहीहरूले आधार शिविरभन्दा माथि उपलब्ध हुने इन्टरनेट स्याटलाइटमा आधारित रहेको बताए । तर त्यस्ता सेवा अनाधिकृत भएको र सरकारको निगरानी वा दायरामा भन्दा बाहिर रहेको पाइन्छ ।

कतिपय आरोहीहरु इन्टरनेटको पहुँचमा हुनुलाई सुरक्षित ठान्ने गरेका छन् । हराइयो वा दुर्घटनामा परियो भने सम्पर्क गर्न सजिलो हुने भएकाले पर्वतारोहण कम्पनीहरूले कसरी इन्टरनेटको व्यवस्था गर्छन् भन्नेसँग खासै चासो राख्ने गरेका छैनन् । तर नेपालीहरुले सेवा महंगो र कमजोर भएको बताउने गरेका छन् ।

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ योजना सार्वजनिक

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’...

वि.सं.२०८३ वैशाख २६ शनिवार १४:१४

  काठमाडौं  । आइएमईले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका...

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १ लाखसम्म कमाइको दाबी

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १...

वि.सं.२०८३ वैशाख २६ शनिवार १३:५८

काठमाडौं । बग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा...

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा उपचार शुल्कमा १५ प्रतिशत छुट

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:४५

  काठमाडौंमा नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...