CG Electronics
IME Life
NIMB

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

NIMB
Himalayan Bank

 

काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । देशभरबाट काठमाडौं आएका होटल व्यवसायीहरुलाई एक कार्यक्रमका बीच प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सुरेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ का नवनिर्वाचित वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठ तथा नेपाल पर्यटन बोर्ड का कामु सिइओ हिक्मतसिंह ऐर लगायतको उपस्थिति रहेको थियो ।

प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष टि आर भण्डारी ले नीतिगत सुधारका लागि सशक्त आवाज उठाउने तथा महासंघलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि सबै संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए ।


त्यसैगरी, हिक्मतसिंह ऐर ले महासंघसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको बताए । कार्यक्रममा नरेशलाल श्रेष्ठ ले होटल व्यवसायीलाई उद्योगसरह सुविधा उपलब्ध गराउन तथा अनावश्यक झन्झट हटाउन सरकारसँग माग गरे ।

सबै पक्षका धारणा सुनेपछि सुरेश श्रेष्ठ ले पर्यटन व्यवसायीका समस्या समाधानका लागि एकद्वार प्रणालीमार्फत काम अगाडि बढाउने दिशामा आवश्यक पहल गर्ने आश्वासन दिए ।

कार्यक्रममा महासंघका प्रदेश तथा जिल्लाका अध्यक्षसहित अन्य वक्ताहरुले पनि पर्यटन प्रवर्द्धनमा जोड दिएका थिए ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...