CG Electronics
IME Life
NIMB

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

NIMB
Himalayan Bank
काठमाडौं ।

नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीति, शासन शैली र राजनीतिक उद्देश्यबारे गम्भीर प्रश्न उठाएका छन्।

बैठकमा बोल्दै उनले सरकारले सत्ता सम्हालेपछि संसद् अधिवेशन स्थगन गरी एकै पटक ८ वटा अध्यादेश जारी गर्नु गम्भीर राजनीतिक संकेत भएको दाबी गरे।

उनका अनुसार यस्तो कदमले राज्यका प्रमुख संरचना विशेषगरी प्रशासन र न्याय प्रणालीमा एकल राजनीतिक प्रभुत्व कायम गर्ने प्रयास देखिन्छ।

उनले भने, ‘प्रतिनिधी सभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्यो । यसको राजनीतिक लक्ष्य राज्यको प्रशासनतन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो । यो लक्ष्य प्राप्त गर्न रास्वपा सफल रहयो।’

उनले थप आरोप लगाउँदै रास्वपाको उदयलाई कुनै दीर्घ राजनीतिक संघर्ष वा विचारधारागत योगदानको परिणाम नभएको टिप्पणी गरे।

उनका अनुसार यो सफलता दशकौंदेखि पुराना सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको परिणाम हो, जसमा आधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), एल्गोरिदम र अन्तर्राष्ट्रिय भूराजनीतिक प्रभावहरूको पनि भूमिका रहेको छ।

‘रास्वपाले देश र जनताको लागि दशकौदेखी अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा वा क्षमताबाट प्राप्त गरेको कदापी हैन ।

यो सफलता त दशकौदेखी तत्कालिन सत्ताधारी दलहरुले गरेका कमजोरीहरुको योगफल, एआइ र अल्गोरिदमको जादु र विश्व भूराजनीतिक दृश्य र अदृश्य प्रभावहरुको कुल परिणाम थियो,’ उनले भने ।

त्यस्तै, उनले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समेत उल्लेख गर्दै त्यसलाई रास्वपाको नयाँ राजनीतिक दिशासँग जोड्ने प्रयास गरे।

उनका अनुसार उक्त नीति कार्यक्रमले आगामी दिनमा स्थानीय, प्रदेश र संघीय तहमा एकल नेतृत्व स्थापना गर्ने संकेत दिएको छ।

बादलले रास्वपाको राजनीतिक चरित्रमाथि प्रश्न उठाउँदै यसलाई स्पष्ट वैचारिक आधार नभएको शक्ति भएको टिप्पणी गरे।

उनले भने, ‘रास्वपा कुनै सुशङ्गत वैज्ञानिक विचारधारामा आधारित दल होइन। यो आकस्मिक रूपमा उत्पन्न भएको, अत्यन्त महत्त्वाकांक्षी र अराजक समूहहरूको अस्थायी गठजोड हो।’

उनले कुनै पनि नीति तथा कार्यक्रम राष्ट्रको विकास, समृद्धि, दिगो शान्ति, स्थायित्व, नागरिक सुरक्षा, लोकतन्त्र र राष्ट्रियताको प्रवर्धनका लागि मार्गदर्शक हुनुपर्ने भए पनि व्यवहारमा राजनीतिक नेतृत्वको भूमिका

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...