CG Electronics
IME Life
Ncell NPL

विद्युत बिक्रीको आम्दानीसँगै माउन्टेन इनर्जीको नाफा पनि बढ्यो, ईपीएस १६.८९ रुपैयाँ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार चैत्र मसान्तसम्ममा कम्पनीको विद्युत बिक्रीको आम्दानी १७.०१ प्रतिशतले बढेर १ अर्ब ७ करोड ९७ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९२ करोड २७ लाख थियो । कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ।

विद्युत बिक्रीको आम्दानी बढेसंगै यस अवधिमा कम्पनीको खुद नाफा पनि बढेको छ। कम्पनीको खुद नाफा १३.४५ प्रतिशतले बढेर ५२ करोड ७६ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४६ करोड ५० लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। कम्पनीको संचालन मुनाफा ३.८६ प्रतिशतले बढेर ६८ करोड ६३ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको ब्याज आम्दानी २ करोड ९० लाख रहेको छ । कम्पनीको ब्याज खर्च १८ करोड १७ लाखबाट घटेर १६ करोड १५ लाख कायम भएको छ । कम्पनीको कर अगाडीको नाफा भने ५४ करोड २८ लाख रहेको छ। विद्युत बिक्रीको आम्दानी बढेको तथा ब्याज खर्च घटेकोले कम्पनीको नाफा बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा १ अर्ब ३१ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड थियो। कम्पनीले आर्थिक वर्ष २०८१/८२ बाट २० प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६.८९ रुपैयाँ रहेको छ। २० प्रतिशतले पुँजी बढ्दा पनि कम्पनीले १६.८९ रुपैयाँको ईपीएस कायम गर्न सफल भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १४२ रुपैयाँ २४ पैसा रहेको छ।

MEN 3rd Quarterly

प्रभु इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क र नाफा दुवै ५प्रतिशतले बढ्यो

प्रभु इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क र नाफा...

वि.सं.२०८३ वैशाख ३० बुधवार ०९:३७

  काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो...

हिमालयन एभरेष्ट इन्स्योरेन्स खुद बीमाशुल्क आर्जन १५प्रतिशतले बढ्यो

हिमालयन एभरेष्ट इन्स्योरेन्स खुद बीमाशुल्क आर्जन १५प्रतिशतले...

वि.सं.२०८३ वैशाख ३० बुधवार ०९:३३

  काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत...

सागर डिष्टिलरी लिमिटेडको घाटा ३ करोड ५३ लाख रुपैयाँ नाघ्यो, आम्दानी बढ्दा पनि खर्चले दबाब

सागर डिष्टिलरी लिमिटेडको घाटा ३ करोड ५३...

वि.सं.२०८३ वैशाख ३० बुधवार ०९:११

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म...

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को...

वि.सं.२०८३ वैशाख ३० बुधवार ०८:५१

  काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि...

नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँचका लागि बृहत् परियोजना र महिला उद्यमी संवाद

नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँचका लागि बृहत्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:४८

काठमाडौं । नेपालको मह क्षेत्रलाई उच्च निर्यात सम्भावना भएको उद्योगको...

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच महिला उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य सम्झौता

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच महिला उद्यमशीलता...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:४३

  काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी...