CG Electronics
IME Life
NIMB

नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँचका लागि बृहत् परियोजना र महिला उद्यमी संवाद

NIMB
Himalayan Bank

काठमाडौं । नेपालको मह क्षेत्रलाई उच्च निर्यात सम्भावना भएको उद्योगको रूपमा विकास गर्ने उद्देश्यले ‘नेपाली मह मूल्य शृंखलाको लागि बजार पहुँच कार्यक्रम’ कार्यान्वयनमा आएको छ। संयुक्त राष्ट्र संघीय औद्योगिक विकास संगठनद्वारा नर्वे सरकारको ९२ लाख ३७ हजार ९५६ यूरो आर्थिक सहयोगमा सञ्चालित यो ४८ महिने परियोजनाले नेपाली महलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर र खाद्य स्वच्छता मापदण्ड अनुसार प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ। सन् २०२४ देखि सुरु भएको र आगामी २०२८ सम्म चल्ने यस परियोजनाले विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, कास्की, पाल्पा र सर्लाही जिल्लाहरूका साना किसान तथा मह प्रशोधनकर्ताहरूको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्य राखेको छ।

यस परियोजनाले मुख्यतया तीनवटा प्रमुख नतिजाहरूमा केन्द्रित रहेर कार्य गर्नेछ जसमा पहिलो चरणमा राष्ट्रिय गुणस्तर पूर्वाधार प्रणालीको प्राविधिक दक्षता र गुणस्तर नियन्त्रणमा सुधार ल्याइनेछ। दोस्रो चरणमा लघु, साना तथा मझौला उद्यमहरूलाई आवश्यक तालिम, परामर्श र प्रमाणीकरणको तयारीका लागि प्राविधिक सहयोग उपलब्ध गराई उनीहरूको उत्पादन क्षमता वृद्धि गरिनेछ। तेस्रो महत्वपूर्ण पक्ष भनेको मह मूल्य शृंखलामा आबद्ध सबै सरोकारवालाहरूबीच समन्वय बढाएर गुणस्तर संस्कृतिको सुदृढीकरण गर्नु र नीतिगत विकासमा सहयोग पुर्‍याउनु रहेको छ। परियोजना कार्यान्वयनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र व्यावसायिक कीट विकास केन्द्रसँग घनिष्ठ प्राविधिक साझेदारी गरिएको छ।

 

यसै सिलसिलामा आज १२ मे २०२६ मा ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा ‘अन्तर्राष्ट्रिय महिला उद्यमी दिवस’ को अवसरमा ‘महिला मह उद्योगमा, संवाद र प्रदर्शनी’ कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रममा मह उद्योगमा महिलाहरूको नेतृत्व, यस क्षेत्रमा भोग्नुपरेका चुनौतीहरू र बजार पहुँचका विषयमा घनीभूत छलफल भएको थियो। कार्यक्रममा विभिन्न महिला उद्यमीहरूले आफ्ना उत्पादनहरूको प्रदर्शनी गर्नुका साथै खरिदकर्ताहरूसँग व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर प्राप्त गरेका थिए।

कार्यक्रम उद्घाटनमा सिआइइडीका यामकुमार श्रेष्ठ, महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ, महिला उद्यमी महासंघकी उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महिला मह उद्यमी रश्मी कँडेलले धारणा राखेका थिए । जानुका थापा, साबित्री बराल, महालक्ष्मी श्रेष्ठ, राजेन्द्र सिंहसमेत महको उत्पादनदेखि बजारीकरणसम्मका विविध पाटोमा प्यानल छलफलमा सहभागी भएका थिए ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...