CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक: नाइमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धी विषयमा स्पष्ट, एकरूप र प्राविधिक मापदण्ड आवश्यक रहेको जनाएको छ।

नाइमाले यसअघि नै अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलमा पनि इभीको मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनका लागि स्पष्ट प्रणालीको आवश्यकता औँल्याएको थियो।

संस्थाका अनुसार नेपालमा आयात भइरहेका इभीहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीका आधिकारिक प्राविधिक विवरण र परीक्षण प्रतिवेदनका आधारमा ल्याइएका हुन्। एउटै मोडलका सवारी साधन विभिन्न देशका बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेसनमा उत्पादन हुनु अन्तर्राष्ट्रिय अभ्यास भएको पनि नाइमाले स्पष्ट पारेको छ।

वेबसाइट वा सामान्य जानकारीका आधारमा मोटर क्षमताबारे निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय नहुने नाइमाको भनाइ छ।

हाल नेपालमा इभीको मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड र एकीकृत कार्यविधि पूर्ण रूपमा लागू नभएको भन्दै यसले बजारमा भ्रम र अन्योल सिर्जना गरिरहेको नाइमा बताउँछ।

नाइमाले इभी मूल्यांकनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रमाणपत्र र उत्पादक कम्पनीका आधिकारिक विवरणलाई आधार मान्नुपर्ने सुझाव दिएको छ। साथै, सरकारी निकायबीच एकरूपता कायम गर्न स्पष्ट प्राविधिक प्रणाली, परीक्षण पूर्वाधार र प्रमाणीकरण प्रक्रिया विकास गर्न पनि आग्रह गरेको छ।

नाइमा अनुसार विद्युतीय सवारी साधन स्वच्छ ऊर्जा, प्रदूषण न्यूनीकरण र दिगो यातायात प्रणालीको महत्वपूर्ण आधार बनेको छ। त्यसैले यस क्षेत्रमा हुने नीति तथा प्राविधिक निर्णयहरू तथ्य, अध्ययन र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा हुनुपर्नेमा जोड दिइएको छ।

संस्थाले सरकारसँग समन्वय गर्दै पारदर्शी र व्यवहारिक प्राविधिक प्रणाली विकासमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

OPPO ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ‘ओपो ए६सी’, मूल्य रु. २०,९९९

OPPO ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ‘ओपो...

वि.सं.२०८३ जेठ २ शनिवार १८:५०

  काठमाडौं। OPPO Nepal ले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो...

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

वि.सं.२०८३ जेठ २ शनिवार १८:४२

  काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि.(PCPL)ले...

बुटवलमा ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

बुटवलमा ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य...

वि.सं.२०८३ जेठ २ शनिवार १८:३४

  बुटवल।नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल हस्पिटल...

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म...

वि.सं.२०८३ जेठ २ शनिवार १८:२२

  काठमाडौं । बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष...

नेपालमा पहिलो ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा, क्रिएटर इकोनोमीलाई संस्थागत गर्ने लक्ष्य

नेपालमा पहिलो ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा, क्रिएटर...

वि.सं.२०८३ जेठ २ शनिवार १८:१५

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’...

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य सार्वजनिक

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य...

वि.सं.२०८३ जेठ २ शनिवार १८:०२

  काठमाडौं । जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपालमा एमजी...