CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २३ शनिवार

skip this studyinindiaexpo

हिमालय एयरलाइन्सको ऐतिहासिक काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले जुन ४, २०२६ देखि नेपालको राजधानी काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’ का रूपमा प्रख्यात सहर शेन्जेनबीच ऐतिहासिक सिधा उडान सेवा सुरु गरेको छ। हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA), काठमाडौँबाट शेन्जेनस्थित शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल (SZX) बीच साप्ताहिक दुई सिधा उडानहरू सेवा आरम्भ गरेको हो। यो उडान नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हो।

ऐतिहासिक काठमाडौँ–शेन्जेन उडान (H9 985) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन ४, २०२६ मा नेपाली स्थानीय समयअनुसार राति ९:५२ बजे ७४ यात्रीसहित प्रस्थान गरेको थियो। जुन ५ मा उक्त उडान चीनको स्थानीय समयअनुसार बिहान ४:१७ बजे शेन्जेनस्थित शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। त्यसैगरी, शेन्जेन–काठमाडौँ उडान (H9 986) ले शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन ५, २०२६ मा चिनियाँ स्थानीय समयअनुसार बिहान ६:१२ मा १५७ यात्रीसहित प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार बिहान ८:२६ मा काठमाडौँ अवतरण गर्‍यो।

तालिका अनुसार काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार प्रस्थान उडान हुनेछ भने शेन्जेनबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ। यो नयाँ सेवा सुरु भएसँगै यात्रीहरूको पहुँचमा वृद्धि हुँदै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास गरिएको छ। यस पहलका साथ हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन–काठमाडौँ मार्गलाई प्रवर्द्धन गर्दै यात्रीहरूका लागि आरामदायी र रमणीय यात्रा विकल्पहरू उपलब्ध गराउने लक्ष्य राखेको छ। हिमालय एयरलाइन्स आफ्ना यात्रीहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध छ। यो मार्गमा उडान शुभारम्भ भएसँगै नेपाल र चीन दुवै लाभान्वित भई पर्यटन र व्यापारिक अवसरहरू बढ्ने अपेक्षा गरिएको छ।

हिमालय एयरलाइन्स नेपाल–चीनबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो। नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पुर्‍याउनु नै यस एयरलाइन्सका मुख्य दुई उद्देश्यहरू हुन्। हिमालय एयरलाइन्स, तिब्बत नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड (TCADIC) र यती वर्ल्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनी हो।

हिमालय एयरलाइन्ससँग हाल ४ वटा विमानहरू छन्, जसमा तीनवटा एयरबस ३२०–२१४ (१८० मितव्ययी सिटहरू) र एउटा एयरबस ३१९–११५ (१४४ मितव्ययी सिटहरू) रहेका छन्। हिमालय एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एसियाका प्रमुख राष्ट्रहरू– संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रीवाहक उडानहरू सञ्चालन गरिरहेको छ।

एयरलाइन्सले साउथ एसियन ट्राभल अवार्ड्स (SATA) २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एसियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सका रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो। सन् २०२० मा यसले आफ्नो स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१:२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो। विमान मर्मत र इन्जिनियरिङ सेवाहरूमा पुर्‍याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्त प्रमाणीकरण प्राप्त भएको हो। डिसेम्बर २९, २०२१ मा एयरलाइन्स अर्को महत्त्वपूर्ण आईएसओ ९००१:२०१५ प्राप्त गर्ने नेपालको पहिलो एयरलाइन बन्यो। हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रीहरू र कार्गो सेवाका लागि उच्च स्तरीय सेवा प्रदान गरेबापत उक्त प्रमाणीकरण प्राप्त भएको हो। सो प्रमाणीकरणले एयरलाइन्सको गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ। डिसेम्बर २८, २०२३ मा, आईओएसए (IOSA) अपरेटरका रूपमा प्रमाणित र आईएटीए (IATA) सदस्य एयरलाइन्सका रूपमा दर्ता भएको हिमालय एयरलाइन्स नेपालको पहिलो र एकमात्र एयरलाइन्स हो।

सन् २०२१ को सेप्टेम्बरदेखि एयरलाइन्सले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर (AEDs) जडान गरेको थियो। यसैसँगै हिमालय एयरलाइन्स एईडी जडान गर्ने नेपालकै पहिलो र एकमात्र नेपाली वायुसेवा कम्पनी बनेको छ। हवाई सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फर्मेन्स (OTP) र मुख्यतया आफ्ना ग्राहकहरूको सेवामा एयरलाइन्सले आफूलाई पहिलो छनोटको भरपर्दो एयरलाइन्सका रूपमा स्थापित गरेको छ र दक्षिण एसियाकै अग्रणी एयरलाइन्सका रूपमा प्रतिस्थापित हुन चाहेको छ।

खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच एमओयू सम्झौता, कर्मचारीले पाउने निःशुल्क आँखा परीक्षण

खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच एमओयू...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:१९

  काठमाडौँ — अग्रणी फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड (IME...

एलजी नेपालद्वारा “Game on with LG AI TV” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

एलजी नेपालद्वारा “Game on with LG AI...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:०९

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकहरूलाई लक्षित गर्दै...

बीवाइडी विद्युतीय सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको तथ्यगत स्पष्टीकरण

बीवाइडी विद्युतीय सवारीसाधन आयात सम्बन्धमा साइमेक्स इंकको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २२:०२

  काठमाडौं । हाल आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक...

सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य

सगरमाथा संरक्षण अभियानमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २१:५१

  काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा...

हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरण शेन्जेनमा सम्पन्न: भविष्यका कृत्रिम बुद्धिमत्ता (AI) प्रतिभा विकासका लागि प्रविधि तथा अभ्यासमूलक मञ्च

हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २१:४९

  काठमाडौं । आज चीनको शेन्जेनमा हुवावे सूचना तथा सञ्चार प्रविधि...

एनआईसी एशिया बैंकद्वारा हाम्रो साझा घर, सत्येश्वर शिवशक्ति आधारभूत विद्यालय र अरनिको माध्यमिक विद्यालयमा सहयोग सामग्री प्रदान

एनआईसी एशिया बैंकद्वारा हाम्रो साझा घर, सत्येश्वर...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २१:४६

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...