CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।

बैंकको नक्साल शाखामार्फत सितापाइलास्थित हेल्पिङ ह्यान्ड्स बालगृहलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो। बैंकका काठमाडौं क्षेत्र प्रमुख खेदारनाथ शर्माले बालगृहका सृजना नेपालीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभएको थियो।

बालगृहमा आश्रित बालबालिकाहरूलाई स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच सहज बनाउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ। यस सहयोगले बालगृहमा रहेका बालबालिकाहरूको दैनिक जीवनयापनमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

कार्यक्रममा हेल्पिङ ह्यान्ड्स बालगृहकी सृजना नेपालीले बालगृहका बालबालिकाहरूको आवश्यकता सम्बोधन गर्न सहयोग पुर्‍याएकोमा कामना सेवा विकास बैंकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता सामाजिक सहयोगले संस्थालाई आफ्ना सेवा तथा गतिविधिहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुग्ने बताउनुभयो।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू तथा हेल्पिङ ह्यान्ड्स बालगृहका बालबालिकाहरूको समेत उपस्थिति रहेको थियो।

कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...