CG Electronics
IME Life
NIMB

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स प्रालिले नयाँ प्रिमियम इलेक्ट्रिक ‘एसयूभी ओरा ५ ईभी’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

ललितपुरको द प्लाजा होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच जीडब्लूएम ग्लोबल, जीडब्लूएम नेपालका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा अटोमोबाइल क्षेत्रका उत्साहित व्यक्तिहरूको उपस्थितिमा यो गाडी सार्वजनिक गरिएको हो। चीन र थाइल्याण्डमा सफलतापूर्वक बजार विस्तार गरिसकेपछि कम्पनीले आफ्नो विश्वव्यापी रणनीति अन्तर्गत नेपाललाई ओरा ५ ईभीको लागि प्रमुख अन्तर्राष्ट्रिय बजारका रूपमा छनोट गरेको जनाएको छ।

डिजाइन विथ इन्टेलिजेन्स, सेप्ड बाई एलिगेन्सको दर्शनमा आधारित यस प्रिमियम इलेक्ट्रिक एसयूभीमा अत्याधुनिक प्रविधि, आकर्षक स्टाइलिङ, उत्कृष्ट सुरक्षा विशेषता र उच्च स्तरको आरामदायी यात्राको समिश्रण रहेकाले नेपालको द्रुत गतिमा बढिरहेको ईभी क्षेत्रमा यसले दह्रो उपस्थिति जनाउने विश्वास गरिएको छ। भीजी इम्पेक्सका अनुसार ओरा ५ ईभीलाई आधुनिक नेपाली उपभोक्ताहरूको आवश्यकतालाई सम्बोधन गर्ने र यहाँको सडक अवस्था तथा गतिशीलताको आवश्यकता अनुकूल हुने गरी बजारमा ल्याइएको हो।

नेपाली बजारमा यो गाडी दुईवटा भेरियन्टमा उपलब्ध गराइएको छ, जस अन्तर्गत विशेष सुरुवाती अफर मूल्यमा मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टॉप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस गाडीको मुख्य विशेषता भनेकै एक पटकको फुल चार्जमा ५२० किलोमिटरसम्मको उत्कृष्ट ड्राइभिङ रेन्ज प्रदान गर्नु हो। यसका साथै खराब तथा अप्ठ्यारा नेपाली सडकहरूका लागिसमेत उपयुक्त हुने गरी यसमा २०० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स दिइएको छ।

अन्य प्रिमियम विशेषताहरूमा पानोरामिक सनरुफ, प्रिमियम सिटिङ, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा र आफैँ दाग धब्बाहरू सच्याउने सेल्फ हिलिङ पेन्टजस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन्। सुरक्षाको दृष्टिकोणले पनि ओरा ५ ईभीले एएनक्याप र युरो एनक्याप दुवैमा प्रतिष्ठित ५९स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ।

चालक र यात्रुको पूर्ण सुरक्षाका लागि यसमा २५ भन्दा बढी एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्तै लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल र ट्राफिक साइन रिकग्निसन जस्ता सुविधाहरू जडान गरिएका छन्। यसबाहेक दैनिक प्रयोगलाई अझ सहज र व्यावहारिक बनाउन गाडीको भित्री भागमा ३३ वटा आकर्षक स्टोरेज स्पेसहरू डिजाइन गरिएका छन्।

हाल जीडब्लूएम विश्वका १७० भन्दा बढी देश र क्षेत्रहरूमा सञ्चालनमा रहेको र विश्वभर १ करोडभन्दा बढी गाडीहरू बिक्री गरिसकेको स्थापित ब्रान्ड हो। ३५ वर्षभन्दा बढीको अटोमोटिभ विशेषज्ञता, व्यापक अनुसन्धान र विकास तथा गुणस्तरमा विशेष ध्यान दिएकै कारण जीडब्लूएमले विश्व बजारमा आफूलाई अग्रणी अटोमोटिभ ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको हो।

सार्वजनिक कार्यक्रममा बोल्दै जीडब्लूएम ग्लोबल र जीडब्लूएम नेपालका प्रतिनिधिहरूले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि, सुरक्षा र प्रिमियम गतिशीलताका साधनहरू उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको र ओरा ५ ईभीले नेपालमा स्मार्ट, सुरक्षित र वातावरणीय रूपमा जिम्मेवार यातायातको नयाँ बेन्चमार्क स्थापना गर्ने कुरामा पूर्ण विश्वास व्यक्त गरेका छन्।

उत्कृष्ट विश्वव्यापी शाख, आधुनिक डिजाइन, उन्नत सुरक्षा प्रविधि र बजारमा प्रतिस्पर्धी मूल्यका कारण ओरा ५ ईभी नेपालको इलेक्ट्रिक सवारी साधनको बजारमा सबैभन्दा आकर्षक र बलियो विकल्पको रूपमा उदीयमान हुने कम्पनीले अपेक्षा राखेको छ ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...