CG Electronics
IME Life
NIMB

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी प्रसारण सेवासम्बन्धी आधिकारिक इजाजत प्राप्त गरेको छ । यससँगै डिगो ओटीटी नेपालको पहिलो आधिकारिक इजाजतप्राप्त ओटीटी प्लेटफर्म बन्न सफल भएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीबमोजिम ओटीटी प्रसारण सेवाको लाइसेन्स प्राप्त गरेको जनाएको छ । यो इजाजतले कम्पनीलाई कानुनी तथा नियामकीय दायराभित्र रही औपचारिक रूपमा आफ्नो सेवा विस्तार गर्न थप बल पुर्‍याएको छ।

त्यस्तै डिगो ओटीटीले आधिकारिक रूपमा ‘विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार’समेत प्राप्त गरेको छ । यसले कम्पनीको अन्तर्राष्ट्रिय डिजिटल उपस्थिति र विश्वसनीयतालाई थप मजबुत बनाएको छ। विश्वव्यापी प्रसारण अधिकार प्राप्त गरेसँगै डिगो ओटीटी अब नेपाली मनोरञ्जन उद्योगलाई अन्तर्राष्ट्रिय डिजिटल बजारसँग जोड्ने एक महत्त्वपूर्ण माध्यम बनेको छ।

सदस्यतामा आधारित यस प्लेटफर्मले दर्शकहरूका लागि विविध प्रकारका मनोरञ्जनात्मक सामग्रीहरू उपलब्ध गराउँदै आएको छ । जसमा
नेपाली तथा विदेशी चलचित्र र वेब सिरिज, टेलिभिजन कार्यक्रम र प्रत्यक्ष प्रसारण, खेलकुदका गतिविधि, वृत्तचित्र, बालबालिकाहरूका लागि विशेष सामग्रीहरु समेटिएका छन् ।

कम्पनीका अनुसार आधिकारिक इजाजत र विश्वव्यापी स्ट्रिमिङ अधिकारसहितको सेवा सञ्चालन नेपाली डिजिटल मनोरञ्जन उद्योगका लागि एउटा कोसेढुङ्गा हो। डिशहोम डिजिटलले आगामी दिनमा अत्याधुनिक प्रविधि र उत्कृष्ट प्रयोगकर्ता अनुभवमार्फत सेवालाई थप परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्य र आधिकारिक सामग्री वितरणमार्फत डिगो ओटीटीलाई विश्वस्तरीय प्रतिस्पर्धी प्लेटफर्मको रूपमा स्थापित गर्ने कम्पनीको योजना छ। यो उपलब्धिले नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई थप व्यवस्थित र विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...