जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै
Tuesday Jun 23, 2026
वि.सं.२०८३ असार ९ मंगलवार २१:३१
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार गर्ने क्रममा काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। उपभोक्ताको पहुँचमा बलियो र विश्वस्तरीय टायल्स उपलब्ध गराउने उदेश्यका साथ सोमबारदेखि जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा आएको हो ।
एक विशेष समारोह आयोजना गरी सञ्चालनमा आएको शोरुमको नेपालका पूर्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसेडर दिव्या रायमाझीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता तथा इन्टेरियर डिजाइनरहरूलाई लक्षित गर्दै प्रिमियम फ्लोर र वाल टायल्सको बृहत शृङ्खला उपलब्ध गराउने लक्ष्य लिएको छ।
आधुनिक शैलीमा सुसज्जित शोरुमले ग्राहकलाई टायलको छनोट प्रक्रियामा नौलो अनुभव प्रदान गर्ने बताइएको छ। यहाँ उपलब्ध विभिन्न प्याटर्न, फिनिसिङ र साइजका टायल्सहरूलाई ग्राहकले प्रत्यक्ष रूपमा अवलोकन तथा परीक्षण गरी आफ्ना व्यावसायिक वा व्यक्तिगत परियोजनाका लागि उपयुक्त सामग्री छनोट गर्न सक्नेछन् ।
कजारिया रमेश टायल्सका प्रतिनिधिले शिव शक्ति बिजनेस हाउससँगको सहकार्यले जोरपाटी, नारायणटार र आसपासका क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरीय सामग्रीको सहज पहुँच प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले स्थानीय निर्माण प्रक्रियालाई थप सहज र आकर्षक बनाउन विश्वस्तरीय डिजाइनका सर्फेसिङ सामग्री उपलब्ध गराउनु नै कम्पनीको मुख्य उद्देश्य रहेको बताए ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्डको प्रयोग गर्दै नेपालको टायल उद्योगमा अग्रणी स्थान बनाएको छ। कम्पनीले हालै प्राप्त गरेको सुपरब्राण्ड २०२५ को उपाधि, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता र विश्वका शीर्ष ८ टायल उत्पादकमध्येको एक हुनुले यसको विश्वव्यापी प्रभावलाई पुष्टि गर्दछ । साथै, आइएसओ प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिलको सदस्यता र प्रतिष्ठित एनएस क्वालिटी अवार्ड २०२६ ले कम्पनीको गुणस्तर र दिगोपनाप्रतिको प्रतिबद्धतालाई थप प्रमाणित गरेको छ ।
३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित नेपालभर १०० भन्दा बढी शोरुमहरूबाट सेवा दिइरहेको कजारियाको उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स, सेरामिक वाल टायल्स र हेभी ड्युटी भिट्रिफाइड टायल्स समावेश छन् । यी उत्पादनहरू विशेषगरी उच्च मजबुती, पानी तथा दाग प्रतिरोधी क्षमताका लागि परिचित छन् ।
३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरू सहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ।
हाल कजारियाको नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको छ। यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टाइल्स (६०x१२० से.मी., ६०x६० से.मी., ४०x४० से.मी. (८ मि.मी.), र १९.५x१२० से.मी.), सेरामिक वाल टाइल्स (३०x६० से.मी. र ३०x४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टाइल्स (४०x४० से.मी., १२ मि.मी.) समावेश छन्, जुन यिनीहरूको असाधारण मजबुती तथा पानी र दागप्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध छन्।























