CG Electronics
IME Life
NIMB

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती प्रदेशको राजधानी हेटौंडामा आधुनिक बैंकिङसँगै अत्याधुनिक भवनको उद्घाटन गरिएको छ । आइतबार आयोजित एक भव्य समारोहकाबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित नवनिर्मित भवनको औपचारिक उद्घाटन गरेका हुन् ।

नेपालको गौरवमय इतिहास बोकेको यस बैंकले आफ्नै सुविधासम्पन्न भवनबाट अत्याधुनिक एवं गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेकोमा अर्थमन्त्री डा. वाग्लेले खुसी व्यक्त गरे ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले वर्तमान युग डिजिटल बैंकिङको भएको उल्लेख गर्दै बैंक अत्याधुनिक प्रविधि र सुविधाहरूका माध्यमबाट आफ्ना ग्राहकलाई थप प्रभावकारी सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

भवन उद्घाटन समारोहमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, बैंकका प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्लेलगायत बागमती प्रदेश र स्थानीय तहका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरूले नेपाल बैंक अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित रहेको चर्चा गर्दै अपाङ्गतामैत्री सेवालगायतका उत्कृष्ट सुविधाहरूका लागि बैंकको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरे ।

देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको नेपाल बैंकले पछिल्लो समय ग्राहक सेवामा व्यापक सुधार ल्याएको छ । आधुनिक बैंकिङ प्रविधिको प्रयोग गर्दै प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल साबित गरिरहेको बैंकले दक्ष जनशक्ति र छिटोछरितो सेवालाई प्राथमिकतामा राखेको छ ।

दक्ष व्यवस्थापन, युवा कर्मचारीको उत्साह र आधुनिक प्रविधिको समुचित प्रयोगका कारण आम नेपालीमा पहिलो बैंकप्रतिको आकर्षण र विश्वास निरन्तर बढ्दो क्रममा रहेको बताइएको छ ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...