CG Electronics
IME Life
NIMB

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

NIMB
Himalayan Bank

 

ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर च्याप्टरको वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन कार्यक्रम सम्पन्न भएको छ। साधारण सभाले अनुकूल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ।

नवनिर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठले आफ्नो कार्यकालमा युवा उद्यमीहरूको क्षमता विकास, नवप्रवर्तन (Innovation), स्टार्टअप प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको सशक्त इकोसिस्टम विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रको नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा अघि बढाउन विशेष पहल गरिने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि अञ्जन श्रेष्ठ ले नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको उल्लेख गर्नुभयो। उहाँले निजी क्षेत्रको भविष्य नवप्रवर्तन, सिर्जनशीलता र युवा नेतृत्वसँग जोडिएको बताउँदै सरकार, निजी क्षेत्र र युवाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र NYEF बीच स्टार्टअप, उद्यमशीलता विकास, वित्तीय पहुँच, मार्गदर्शन (Mentorship) तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नेटवर्क विस्तारका क्षेत्रमा थप प्रभावकारी सहकार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै शिशिर खनाल ले नवनिर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ तथा सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नेपालको आर्थिक विकासमा युवा उद्यमीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

स्टार्टअप उद्यमसँग जोडिएको आफ्नो अनुभव साझा गर्दै उहाँले युवा उद्यमीहरूले भोग्ने चुनौतीप्रति सरकार संवेदनशील रहेको बताउनुभयो। स्टार्टअप प्रवर्द्धन, उद्यमशीलता विकास, लगानीमैत्री वातावरण निर्माण, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

कार्यक्रममा युवा उद्यमशीलता, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, निजी क्षेत्रको नेतृत्व विकास तथा सरकार–निजी क्षेत्र–युवा उद्यमीबीच सहकार्य विस्तारका विषयमा समेत छलफल गरिएको थियो।

नवगठित कार्यसमिति
अनुकूल श्रेष्ठ — अध्यक्ष

एल्भिस रञ्जित — निवर्तमान अध्यक्ष

प्रकिरण श्रेष्ठ — प्रथम उपाध्यक्ष

आशिष भण्डारी — द्वितीय उपाध्यक्ष

आशंक श.ज.ब. राणा — कार्यसमिति सदस्य

रितेज श्रेष्ठ — कार्यसमिति सदस्य

अभिषेक शारदा — कार्यसमिति सदस्य

श्रद्धा कटुवाल — कार्यसमिति सदस्य

कुशल जोशी — कार्यसमिति सदस्य

अनिष रौनियार — कार्यसमिति सदस्य

नीरज काफ्ले — कार्यसमिति सदस्य

अस्मी श्रेष्ठ — कार्यसमिति सदस्य

निकीता श्रेष्ठ — कार्यसमिति सदस्य

अभिनभ राज श्रेष्ठ — कार्यसमिति सदस्य

क्षितिज ध्वज थापा — कार्यसमिति सदस्य

यस अवसरमा युवा उद्यमशीलता, नवप्रवर्तन र आर्थिक नेतृत्व विकासलाई केन्द्रमा राखेर निजी क्षेत्रको नयाँ पुस्तालाई सशक्त बनाउने प्रतिबद्धता दोहोर्याइएको थियो।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...