CG Electronics
IME Life
NIMB

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

NIMB
Himalayan Bank

 

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यअनुसार काम गरिरहेको बताएका छन्।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउँदै सरकारले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने योजनाका साथ अघि बढिरहेको बताए।

उनले वर्तमान सरकार निजी क्षेत्र र सहकारी क्षेत्रलाई सँगसँगै लिएर आर्थिक सुदृढीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको उल्लेख गरे। नेपालको गरिबी निवारण तथा ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि विस्तारमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले अग्रणी भूमिका खेलेको उनको भनाइ थियो।

उपाध्यक्ष भट्टले संस्थाको कार्यसम्पादन र प्रभावलाई आधार मानेर साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताए। वास्तविक किसानको बीचमा पुगेर सकारात्मक रूपान्तरणका लागि काम गर्ने संस्थाका रूपमा साना किसान स्थापित भएको उल्लेख गर्दै उनले यसलाई विशिष्टीकृत संस्थाको रूपमा विकास गर्न सके यसको प्रभाव अझ व्यापक बन्ने धारणा राखे।

देशको समग्र आर्थिक अवस्था सुधारमा साना किसानको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै उनले यस क्षेत्रको उत्थानका लागि सरकारले विशेष कार्यक्रम अघि बढाउने बताए। साना किसानको सशक्तीकरणबाट मात्रै गरिबी निवारणसँगै आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव हुने विषयमा सरकार स्पष्ट रहेको उनको भनाइ थियो।

सरकारले सरकारी, निजी तथा सहकारी संस्थाको सुदृढीकरणमार्फत संस्थागत दिगोपनालाई बलियो बनाउने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उपाध्यक्ष भट्टले ठूला परियोजना र पूर्वाधार विकाससँगै साना उद्यमीलाई पनि अवसर प्रदान गरिने बताए।

समावेशी सहभागितामा जोड दिँदै सरकारले अघि सारेका कार्यक्रमलाई साना किसान समूहको निर्माण र सहभागिताले प्रमाणित गरिसकेको उल्लेख गर्दै उनले साना किसान कार्यक्रमको प्रभावलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले सरकारका आर्थिक तथा सामाजिक रूपान्तरणका कार्यक्रमसँग साना किसान अभियान सधैँ सहकार्य गर्दै आएको बताए। आगामी दिनमा पनि सरकारका कार्यक्रम कार्यान्वयनमा अभियानअन्तर्गतका संस्था तथा सदस्य प्रतिबद्ध भएर लाग्ने उनले बताए।

सरकारले साना किसान कार्यक्रमलाई दिएको सहयोगप्रति आभार व्यक्त गर्दै अध्यक्ष पाठकले किसानको उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे। उत्पादन मात्र गरेर आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै किसानका लागि आफ्नै बजार व्यवस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

किसानले उत्पादनको बिक्री–वितरणका लागि बजार व्यवस्थापनको माग गरे पनि सरकारले अन्तिम निर्णय गर्न नसक्दा अझै किसानले आफ्ना उत्पादन आफैँ बिक्री–वितरण गर्न नसकेको उनले गुनासो गरे।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले संस्थाको आर्थिक तथा व्यावसायिक प्रगतिबारे जानकारी गराउँदै दिगो विकास लक्ष्य हासिल गर्न महिला, युवा, दलित, जनजाति, राउटे, बनकरिया तथा पछाडि परेका समुदायलाई कृषि उत्पादनमार्फत मूलधारमा जोड्ने काम भइरहेको बताए।

विश्व अर्थतन्त्रमा देखिएका चुनौतीको प्रभाव नेपालको अर्थतन्त्र तथा बैंक तथा वित्तीय क्षेत्रमा समेत परेको उल्लेख गर्दै उनले त्यसबाट माथि उठ्न साना तथा लघु उद्यमको प्रवर्द्धन महत्वपूर्ण हुने बताए।

उनले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै समग्र आर्थिक तथा सामाजिक रूपान्तरणमा संस्थाले खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउन संस्था निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

यस अवसरमा संस्थाका १२ शाखामध्ये नेपालगञ्ज शाखा उत्कृष्ट शाखा कार्यालय घोषित भएको थियो। राष्ट्रियस्तरमा साना किसान कृषि सहकारी संस्था, खैरहनी–चितवनलाई सर्वोउत्कृष्ट संस्था चयन गरिएको छ। साझेदार लघुवित्ततर्फ डिप्रोक्स लघुवित्त तथा कृषि बाहेकका साझेदार संस्थातर्फ सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको छ। काठमाडौँ शाखाअन्तर्गत अनैकोट, काभ्रेपलाञ्चोकलाई पनि नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी...

वि.सं.२०८३ असार २२ सोमवार २२:४६

  काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...