लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा
Monday Jul 13, 2026
वि.सं.२०८३ असार २९ सोमवार १२:२०
काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार ले काठमाडौं उपत्यकामा थप दुईवटा ‘एम्पोरियो’ डिलर शोरुम सञ्चालनमा ल्याएको छ।
कम्पनीले शङ्खरापुर नगरपालिका–साँखुस्थित सुपर सप्लायर्स प्रालि तथा गोकर्णेश्वर नगरपालिका–जाम्बु डाँडास्थित बंसल टाइल्स एन्ड ग्रेनाइट हब सँगको सहकार्यमा नयाँ शोरुमहरू सञ्चालनमा ल्याएको जनाएको छ।
बर्दियास्थित कारखानामा उत्पादन हुने लामिनारका टाइल्स NS 617 मापदण्डअनुसारका फुल्ली भिट्रिफाइड टाइल्स हुन्। कम पानी सोस्ने क्षमता र उच्च मजबुतीका कारण यी टाइल्स घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक भवनहरूमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।
शोरुमहरूमा फुल-बडी (Cento), एन्टिब्याक्टेरियल सर्फेस (GermSafe®) र हाइ-ग्लोस श्रृंखलासहित ५०० भन्दा बढी डिजाइनका टाइल्स उपलब्ध छन्। यी शोरुमहरू विशेषगरी घरधनी, ठेकेदार, आर्किटेक्ट तथा संस्थागत ग्राहकलाई लक्षित गरी सञ्चालन गरिएको कम्पनीले जनाएको छ। साथै, ग्राहकलाई प्रयोगको उद्देश्यअनुसार उपयुक्त टाइल छनोट गर्न आवश्यक परामर्श सेवा पनि उपलब्ध गराइनेछ।
लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले शोरुमहरूले ग्राहकलाई टाइलको गुणस्तर बुझ्न, विभिन्न विकल्प तुलना गर्न र आवश्यकताअनुसार उपयुक्त उत्पादन छनोट गर्न सहज बनाउने बताउनुभयो। उहाँका अनुसार अहिले टाइल छनोट गर्दा डिजाइनसँगै यसको उपयोगिता र गुणस्तरलाई पनि उत्तिकै महत्व दिन थालिएको छ।
यस्तै, सुपर सप्लायर्स प्रालिका अध्यक्ष भँवर लाल बिश्नोईले ग्राहकहरू अहिले डिजाइन मात्र नभई टाइलको टिकाउपन, मर्मत तथा सफाइको सहजताजस्ता पक्षलाई समेत प्राथमिकतामा राखेर खरिद गर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो।
























