CG Electronics
IME Life
NIMB

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भील’को औपचारिक शुभारम्भ

NIMB
Himalayan Bank

 

काठमाडौँ, नेपाल | जुलाई १६, २०२६

एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको घोषणा गरेको छ। यससँगै कम्पनीले दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यवसाय तथा कन्टेन्ट क्रिएटरहरूलाई एउटै प्लेटफर्ममार्फत जोड्ने नयाँ अध्यायको सुरुवात गरेको छ।

Veel ले व्यवसाय र क्रिएटर बीचको सहकार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने एकीकृत प्लेटफर्म उपलब्ध गराएको छ। यसमार्फत व्यवसायहरूले उपयुक्त क्रिएटर खोज्न, क्याम्पेन सञ्चालन गर्न, भिडियो एडिट तथा स्वीकृति दिन, भुक्तानी व्यवस्थापन गर्न र कन्टेन्टको अधिकार सुरक्षित गर्न सक्नेछन्।साथै, नेपाल र भारतका क्रिएटरहरूले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग प्रत्यक्ष रूपमा सहकार्य गर्ने अवसर प्राप्त गर्नेछन्।

Veel को औपचारिक शुभारम्भ कार्यक्रममा नेपालका प्रविधि, स्टार्टअप, क्रिएटर, व्यवसाय तथा कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले Veel को दक्षिण एसियाली यात्राको सुरुवातलाई थप विशेष बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै Veel का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) दिलीप ढकालले भन्नुभयो, “नेपाल र भारतमा Veel को औपचारिक शुभारम्भ दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रको भविष्य निर्माण गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धता पनि हो। यो क्षेत्र लाखौँ प्रतिभाशाली क्रिएटर र व्यवसायहरूको घर हो, जसले विश्व स्तरीय प्रविधिमार्फत सहकार्य गर्न, सँगै विकास गर्न र विश्व बजारमा प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्छ।

Veel मार्फत हामी यिनै सम्भावनालाई जोड्ने पूर्वाधार निर्माण गर्दै छौँ, जसले क्रिएटरहरूलाई दिगो करियर निर्माण गर्न र व्यवसायहरूलाई प्रामाणिक कन्टेन्टमार्फत आफ्नो विकासलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्नेछ।”

कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख (Chargé d’Affaires) स्कट उर्बोम तथा नेपालका लागि कोस्टारिकाका मानार्थ महावाणिज्यदूत, ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्ध साझेदार तथा प्रबन्ध निर्देशक डा. मनीष थापा सम्माननीय प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

यस अवसरमा कार्यवाहक प्रमुख स्कट उर्बोमले भन्नुभयो, “संयुक्त राज्य अमेरिका आफ्नो स्वतन्त्रताको २५०औँ वर्षगाँठ मनाइरहेका बेला हामी उद्यमशीलता, कृत्रिम बुद्धिमत्ता (एआई) र प्रविधिगत नवप्रवर्तनमा अमेरिकालाई विश्व अग्रणी बनाएको स्वतन्त्रता र सृजनशीलताको भावनालाई पनि सम्मान गरिरहेका छौँ। अमेरिकी उद्यमशीलता र नेपाली प्रतिभालाई एकै ठाउँमा जोड्दै नयाँ अवसर सिर्जना गर्ने, व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउने तथा साझा समृद्धिलाई अघि बढाउने यही भावनाको उत्कृष्ट उदाहरण Veel हो।”

नेपाल र भारतमा भएको यो औपचारिक शुभारम्भ Veel का लागि एउटा महत्त्वपूर्ण उपलब्धि हो। अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार गरिसकेको कम्पनीका लागि दक्षिण एसियाली बजारलाई लक्षित गर्दै गरिएको यो पहिलो औपचारिक विस्तार हो। नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापित Veel एक एआई–सञ्चालित भिडियो मार्केटिङ प्लेटफर्म हो, जसले ब्रान्ड र क्रिएटरलाई एउटै स्मार्ट कार्य प्रवाह मार्फत जोड्छ। इमेल, मेसेजिङ एप, स्प्रेडसिट, भिडियो सम्पादन सफ्टवेयर र छुट्टाछुट्टै भुक्तानी प्रणालीमा निर्भर हुनुपर्ने परम्परागत प्रक्रियाको सट्टा Veel ले सम्पूर्ण क्रिएटर अभियान व्यवस्थापन एउटै प्लेटफर्ममा सम्भव बनाएको छ।

व्यवसायहरूले आफ्ना उत्पादन, लक्षित ग्राहक र आवश्यक कन्टेन्टबारे अभियान विवरण तयार गर्छन्। त्यसपछि क्रिएटरहरूले अभियानमा आवेदन दिन सक्छन् वा Veel को एआई–आधारित सिफारिस प्रणालीमार्फत छनोट हुन्छन्। छनोट भएका क्रिएटरहरूले प्लेटफर्ममै उपलब्ध भिडियो सम्पादन उपकरण र लाइसेन्स प्राप्त सङ्गीत प्रयोग गरी कन्टेन्ट तयार गर्छन्। त्यसपछि ब्रान्डले कन्टेन्टको समीक्षा गर्ने, आवश्यक परिमार्जन सुझाव दिने, अन्तिम स्वीकृति प्रदान गर्ने र स्वीकृतिपछि भुक्तानी Veel वालेट मार्फत स्वचालित रूपमा सम्पन्न हुने व्यवस्था रहेको छ। कन्टेन्टको लाइसेन्स तथा प्रयोग अधिकार पनि यही प्लेटफर्ममार्फत सुरक्षित रूपमा व्यवस्थापन गरिन्छ।

हाल Veel मार्फत विश्वभरका ४५० भन्दा बढी ब्रान्ड, ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर तथा १२१ भन्दा बढी देश जोडिएका छन्। नेपाल र भारतका व्यवसायहरूले वेबसाइट तथा क्रिएटरहरूले Veel को एपमार्फत प्लेटफर्म प्रयोग गर्न सक्नेछन्।

Veel ले नेपालमा भुक्तानी प्रक्रियाका लागि NCHL, Fonepay, eSewa, Khalti र Hamro Pay सँग भुक्तानी साझेदार गरेको छ। नेपालमा व्यवसायहरूका लागि NCHL मार्फत, क्रिएटरका लागि Hamro Pay मार्फत, र व्यवसाय र क्रिएटर दुवैका लागि भने Fonepay, eSewa र Khalti मार्फत स्थानीय भुक्तानी सुविधा उपलब्ध हुने छ। यो साझेदारी नेपालको क्रिएटर अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउँदै भविष्य निर्माण गर्ने दिशामा अर्को महत्त्वपूर्ण पहल हो।

 

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...

स्प्रिङबेस एआईमा बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक

स्प्रिङबेस एआईमा बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१०

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — संयुक्त राज्य...

हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स् बीच रणनीतिक साझेदारी

हरित बैकिङ्ग पद्धति प्रवद्र्धनका लागि कुमारी बैंक...

वि.सं.२०८३ असार ३२ बिहीवार २०:५५

सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध...

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच विपद् पूर्वसूचना एसएमएस सेवा सम्बन्धी सम्झौता

नेपाल टेलिकम र जल तथा मौसम विभागबीच...

वि.सं.२०८३ असार ३१ बुधवार २२:१५

  काठमाडौं, असार ३१ — नेपाल टेलिकम र जल तथा...