IME Life
NIMB

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ (Experience AI: Affectionate Intelligence) प्रदर्शनी सुरु गर्दै सन् २०२६ का नवीनतम एआई-सञ्चालित घरायसी उपकरण सार्वजनिक गरेको छ।

प्रदर्शनीमा एआई टेलिभिजन, अडियो प्रणाली, धुने मेसिन, फ्रिज तथा एलजी थिनक्यू स्मार्ट होम समाधानलगायतका अत्याधुनिक उत्पादन प्रदर्शनमा राखिएका छन्। यी प्रविधिले प्रयोगकर्ताको बानी, आवश्यकता र जीवनशैलीलाई बुझेर घरायसी कामलाई अझ सहज, स्मार्ट र ऊर्जा-दक्ष बनाउने कम्पनीले जनाएको छ।

४ भदौदेखि १४ असोज २०८३ सम्म सञ्चालन हुने प्रदर्शनीले घरायसी उपकरणहरू केवल स्वचालित मात्र नभई प्रयोगकर्ताको व्यवहारअनुसार आफैं अनुकूल हुने नयाँ पुस्ताको एआई प्रविधि नेपाली उपभोक्तामाझ प्रस्तुत गरेको छ। कम्पनीका अनुसार यसले परिवारलाई दैनिक कामको झन्झट घटाई महत्वपूर्ण कुरामा बढी समय दिन सहयोग पुर्‍याउनेछ।

काठमाडौंको मिनभवनस्थित एलजी ब्रान्ड सपमा आयोजित उद्घाटन कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर, बंगलादेश शाखाका प्रमुख सुङहो चुन ले प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा सञ्चारकर्मी, उद्योग क्षेत्रका साझेदार तथा ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै सुङहो चुनले प्रविधि सहज, व्यक्तिगत र उपयोगी हुनुपर्नेमा एलजीको विश्वास रहेको बताउनुभयो। उहाँले ‘स्नेहशील बुद्धिमत्ता’ अवधारणाले मानिसको आवश्यकता बुझेर अर्थपूर्ण सहयोग गर्ने उद्देश्य लिएको उल्लेख गर्दै एआई होम इकोसिस्टममार्फत दैनिक जीवनलाई सरल, सहज र आपसमा जोडिएको अनुभव प्रदान गर्न एलजी प्रतिबद्ध रहेको बताउनुभयो।

२०२६ का प्रमुख एआई उत्पादन

एआई टेलिभिजन
एलजीको एआई टेलिभिजनले प्रयोगकर्ताको रुचिअनुसार तस्बिर र ध्वनिको गुणस्तर स्वतः मिलाउँछ। उन्नत एआई प्रोसेसर र आवाजमार्फत नियन्त्रण गर्ने सुविधासहित यो टेलिभिजन घरभित्र रहेका अन्य स्मार्ट उपकरण सञ्चालन गर्ने केन्द्रका रूपमा पनि प्रयोग गर्न सकिन्छ।

एआई धुने मेसिन
एआई डाइरेक्ट ड्राइभ प्रविधियुक्त धुने मेसिनले कपडाको प्रकार पहिचान गरी उपयुक्त धुने प्रक्रिया आफैं चयन गर्छ। यसले पानी, डिटर्जेन्ट तथा ऊर्जा खपत कम गर्दै कपडाको राम्रो संरक्षण गर्ने सुविधा प्रदान गर्छ।

एआई फ्रिज
उन्नत शीतलन प्रणालीसहितको एआई फ्रिजले प्रयोगकर्ताको प्रयोग गर्ने समय र बानी विश्लेषण गरी खाद्य सामग्रीलाई लामो समयसम्म ताजा राख्छ। एआई इनभर्टर प्रविधिले आवश्यकताअनुसार शीतलन क्षमता समायोजन गर्दै ऊर्जा बचतमा समेत सहयोग पुर्‍याउँछ। एलजी थिनक्यू अनुप्रयोगमार्फत ऊर्जा बचत मोड पनि सञ्चालन गर्न सकिन्छ।

एलजी थिनक्यू
एलजी थिनक्यूले घरभित्र रहेका विभिन्न स्मार्ट उपकरणलाई एउटै एआई प्रणालीमार्फत जोडेर सञ्चालन गर्न सकिन्छ। यसले प्रयोगकर्ताको दैनिक बानी सिक्दै व्यक्तिगत र सहज स्मार्ट होम अनुभव उपलब्ध गराउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार सन् २०२६ का एआई टेलिभिजन, अडियो प्रणाली, फ्रिज तथा धुने मेसिनसहितका सम्पूर्ण नयाँ उत्पादनहरू एलजीका प्रमुख ब्रान्ड सप तथा नेपालभरका आधिकारिक बिक्री केन्द्रहरूमा अवलोकन तथा खरिदका लागि उपलब्ध छन्।

सीजी इलेक्ट्रोनिक्स, सीजी कर्प ग्लोबलअन्तर्गतको उपभोक्ता विद्युतीय सामग्री व्यवसाय हो। कम्पनी नेपालमा एलजीका उत्पादनको आधिकारिक राष्ट्रिय वितरकका रूपमा चार दशकभन्दा बढी समयदेखि कार्यरत छ। कम्पनीका अनुसार एलजीसँगको लामो सहकार्यले नेपाली बजारमा एलजीलाई विश्वसनीय प्रिमियम उपभोक्ता विद्युतीय ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

एलजी इलेक्ट्रोनिक्स विश्वका अग्रणी प्रविधि तथा उपभोक्ता विद्युतीय सामग्री उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीले घरायसी उपकरण, मनोरञ्जन तथा वातानुकूलन प्रणालीमा अत्याधुनिक, ऊर्जा-दक्ष तथा प्रयोगकर्तामैत्री प्रविधिमा आधारित समाधान उपलब्ध गराउँदै आएको छ।

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...