IME Life
NIMB

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

NIMB
Himalayan Bank

 

काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्ताले खल्तीमार्फत सहभागिता जनाउन सक्ने व्यवस्था गरेको छ।

कम्पनीका अनुसार खल्तीमार्फत रु. १०० वा सोभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार छनोटमा सहभागी हुनेछन्।

कार्यक्रमअन्तर्गत हरेक दिन एक जना विजेताले कर कट्टीपछि रु. १ लाख प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले रु. १० लाख पुरस्कार पाउनेछन्।

खल्तीले योग्य डिजिटल कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लेटफर्ममा पठाउने जनाएको छ। कारोबारपछि उपहार कुपन पनि स्वतः सिर्जना हुने र प्रयोगकर्ताले खल्ती एपमै हेर्न सक्ने व्यवस्था गरिएको कम्पनीको भनाइ छ।

विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरी मोबाइल फोन र इमेलमार्फत जानकारी गराउनेछ। खल्तीमार्फत सहभागी भई विजेता बनेका प्रयोगकर्तालाई कम्पनीले आफ्ना विभिन्न सञ्चार माध्यमबाट समेत जानकारी दिने जनाएको छ।

यस पहलले बिलमा आधारित कारोबारको अभ्यास विस्तार गर्न, डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास बढाउन तथा कारोबारको अभिलेखीकरणमार्फत औपचारिक अर्थतन्त्र र राष्ट्रिय राजस्व प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारको महत्त्वपूर्ण अभियानलाई खल्तीका प्रयोगकर्तासम्म सहज रूपमा पुर्‍याउन पाउँदा कम्पनी उत्साहित रहेको बताए। सरकारी प्राथमिकतासँग सहकार्य गर्दै वित्तीय पारदर्शिता प्रवर्द्धन र डिजिटल अर्थतन्त्र निर्माणमा योगदान दिन कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी सेवा प्रदायक आईएमई खल्ती लिमिटेड ‘Khalti by IME’ ब्रान्डअन्तर्गत सञ्चालनमा छ। कम्पनीका अनुसार हाल १ करोड २७ लाखभन्दा बढी दर्ता भएका प्रयोगकर्तालाई डिजिटल भुक्तानी, मर्चेन्ट क्यूआर, बिल भुक्तानी, टिकटिङ, रेमिट्यान्सलगायतका वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...