NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा सञ्चालन, प्रदेशभरका ग्राहकलाई अझ सुलभ र गुणस्तरीय सेवा

NIMB
leapmotornepal (citroen)

पोखरा, ११ अगस्ट २०२६ – मेटलाइफ नेपालले पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा आफ्नो गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ । यस कार्यालयको सञ्चालनसँगै गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

कार्यालय उद्घाटन समारोहमा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख श्री शम्भु प्रसाद मिश्र तथा मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो । नयाँ प्रदेश कार्यालयले गण्डकी प्रदेशका ग्राहकहरूलाई बीमा सम्बन्धी परामर्श, पोलिसी सेवा, दाबी (क्लेम) सम्बन्धी सहजीकरण तथा ग्राहक सेवाजस्ता सुविधाहरू आफ्नै प्रदेशबाट सहज रूपमा उपलब्ध गराउनेछ । साथै, यसले बीमा अभिकर्ताहरु तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग प्रदान गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।

यस अवसरमा मेटलाइफ नेपालका महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठले भन्नुभयो,“गण्डकी प्रदेश मेहनती, सम्भावनायुक्त र उद्यमशील व्यक्ति, परिवार तथा व्यवसायहरूको प्रदेश हो, जसले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान र्पुयाइरहेको छ । यहाँ प्रदेश कार्यालय स्थापना गर्नु भनेको यस क्षेत्रप्रति हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब हो । हामी विश्वास गर्छौं कि बीमा सेवा सबैका लागि सहज पहुँचयोग्य, आवश्यकताअनुसार उपयोगी र स्थानीय समुदायको अपेक्षाअनुरूप हुनुपर्छ । यस कार्यालयमार्फत हामी आफ्ना ग्राहकहरूसँग अझ नजिक हुँदै उनीहरूको आर्थिक भविष्यलाई थप सुरक्षित र आत्मविश्वासी बनाउन योगदान र्पुयाउनेछौं ।“

गण्डकी प्रदेश कार्यालय सञ्चालनमा आएपछि स्थानीय समुदायसँगको सहकार्य अझ सुदृढ हुने, बीमा अभिकर्ताहरुको व्यावसायिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने तथा प्रदेशभरका व्यवसायिक संस्था र विभिन्न निकायसँगको सहकार्य विस्तार हुने विश्वास कम्पनीले लिएको छ । यस विस्तारसँगै मेटलाइफ नेपालले देशभरका व्यक्ति, परिवार तथा व्यवसायलाई भरपर्दो बीमा सुरक्षा र आर्थिक सुरक्षाका सेवा अझ सहज र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।

मेटलाइफ नेपालको बारेमास्
ःभतीषभ, क्ष्लअ को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा ःभतीषभ सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ । थप जानकारी का लागि, कृपया धधध।mभतषिभ।अयm।लउ हेर्नु होस वा ९७७ –१–५९७१७९९ मा फोन गर्नुहोस ।

 

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५०

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै...

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका सुविधा र १५ लाख ५० हजारसम्मको अफर

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका...

वि.सं.२०८३ साउन २७ बुधवार ०८:२५

एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी नेपालमा सार्वजनिक —...