नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय ११ युनिट बुकिङ, २५० डुअल सबैभन्दा धेरै बिक्री
Sunday Aug 16, 2026
वि.सं.२०८३ साउन ३१ आइतवार ०९:२५
काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सीएफमोटोका मोटरसाइकल तथा स्कुटरप्रति ग्राहकको आकर्षण बढेको देखिएको छ। एक्स्पोको पाँचौँ दिनसम्म कम्पनीका विभिन्न मोडल गरी १ सय ११ युनिट बुकिङ भएको छ।
सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरका अनुसार पाँच दिनको अवधिमा सीएफमोटो २५० डुअल ईएफआई सबैभन्दा धेरै ५७ युनिट बुकिङ भएको छ। त्यस्तै नयाँ डेकलसहितको ४५० एमटी ३२ युनिट र ग्राफिन ब्याट्रीयुक्त जिहो एई४ एसई २२ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ।
एक्स्पोमा विशेष अफर उपलब्ध गराइएका कारण पनि ग्राहकको आकर्षण बढेको कम्पनीको भनाइ छ। सीएफमोटो २५० डुअल ईएफआईको बजार मूल्य ५ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ। एक्स्पो अवधिमा उक्त मोटरसाइकल खरिद गर्दा २० हजार रुपैयाँ छुट, ५ वर्षको इन्जिन वारेन्टी, निःशुल्क एसेसरिज, हेल्मेट तथा ४ वटा निःशुल्क सर्भिस कुपन उपलब्ध गराइएको छ।
त्यस्तै, नयाँ डेकलसहितको सीएफमोटो ४५० एमटीको मूल्य १२ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। एक्स्पो अवधिमा यो मोडल खरिद गर्ने ग्राहकलाई २० हजार रुपैयाँ छुटका साथै निःशुल्क सीएफमोटो हेल्मेट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सीएफमोटोका उत्पादनप्रति देखिएको चासोले नेपाली बजारमा प्रिमियम तथा पर्फमेन्स मोटरसाइकलप्रतिको आकर्षण बढ्दै गएको संकेत गरेको छ। विशेषगरी २५० डुअल ईएफआई र ४५० एमटीमा देखिएको बुकिङले नेपाली ग्राहकबीच सीएफमोटोप्रतिको रुचि बलियो रहेको देखाएको कम्पनीको भनाइ छ।
एक्स्पोमा उपलब्ध विशेष छुट तथा अफरले ग्राहकलाई सीएफमोटोका विभिन्न मोडल खरिद गर्ने थप अवसर मिलेको पनि कम्पनीले जनाएको छ।
























