NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा विविध सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गर्दै नवौं वार्षिकोत्सव मनाएको छ। कम्पनीले वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्दै सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा ‘न्यानो नानी’ बेबी वार्मर वितरण गर्ने भएको छ।

कम्पनीले भदौ १ गते आफ्नो नवौं वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवलाई औपचारिक उत्सवमा मात्र सीमित नराखी कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै देशभर रहेका शाखामार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमबाट समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए। उनका अनुसार रक्तदान कार्यक्रमले अस्पतालमा हुने रगत अभाव न्यूनीकरणमा, वृक्षारोपणले वातावरण संरक्षणमा तथा खाद्यान्न वितरणले आर्थिक रूपमा विपन्न परिवारलाई राहत पुर्‍याउने लक्ष्य राखिएको छ।

यसैबीच, वार्षिकोत्सवको अवसरमा कम्पनीले राष्ट्रिय आविष्कार केन्द्रसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। सम्झौताअनुसार केन्द्रले स्वदेशमै अनुसन्धान तथा उत्पादन गरेको ‘न्यानो नानी’ बेबी वार्मर आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खडकाले उक्त सहकार्यले दुवै संस्थाबीच दीर्घकालीन साझेदारीको आधार तयार गर्नुका साथै नवजात शिशु स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान विस्तार गर्ने प्रतिबद्धतालाई थप संस्थागत बनाएको बताए।

‘न्यानो नानी’ समय नपुगी जन्मिएका वा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराउन प्रयोग हुने चिकित्सकीय उपकरण हो। विशेषगरी दुर्गम तथा पर्याप्त स्वास्थ्य सुविधा नपुगेका क्षेत्रमा यो उपकरण उपयोगी हुने विश्वास गरिएको छ।

सहकार्यको पहिलो चरणमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ बेबी वार्मर हस्तान्तरण गर्ने जनाएको छ। भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सेवामा न्यून पहुँच भएका क्षेत्रका नवजात शिशुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यो पहल गरिएको कम्पनीले जनाएको छ।

उपकरणहरू सम्बन्धित स्थानीय स्वास्थ्य संस्था तथा आवश्यकताअनुसार उपयुक्त स्थानमा जडान गरिनेछन्। यसबाट दुर्गम क्षेत्रका नवजात शिशुको मृत्युदर न्यूनीकरण गर्न तथा आमा–शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

खडकाले कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै यसअघि पनि सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा विभिन्न योगदान गर्दै आएको बताए। उनले आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लामा समेत क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिए।

जीवन बीमाप्रति जनचेतना अभिवृद्धि गर्ने, बीमा सुविधामार्फत ग्राहकको वित्तीय सुरक्षालाई बलियो बनाउने तथा राष्ट्रको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ कम्पनीले सेवा सञ्चालन गर्दै आएको जनाएको छ। विगत नौ वर्षमा सर्वसुलभ पहुँच, छिटोछरितो दाबी भुक्तानी तथा व्यवसायअनुकूल समाधानमार्फत ग्राहकको विश्वास आर्जन गर्दै आएको कम्पनीको दाबी छ।

देशभर फैलिएको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत गुणस्तरीय जीवन बीमा सेवा सर्वसाधारणसम्म पुर्‍याउने प्रतिबद्धता कम्पनीले दोहोर्‍याएको छ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२८

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै पाल्पाको...