NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

NIMB
leapmotornepal (citroen)

 

                  नाडाको ५०औँ वार्षिकोत्सवमा ‘स्वर्ण उत्सव संस्करण’, २ सयभन्दा बढी स्टल र करिब २ लाख आगन्तुकको अपेक्षा

काठमाडौं । नेपालको अग्रणी तथा बहुचर्चित अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित प्रदर्शनीको यस वर्ष १८औँ संस्करण हुन लागेको हो। प्रदर्शनीको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ।

नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यसपटकको नाडा अटो शोको १८औँ संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा विशेष तथा भव्य रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। छ दिनसम्म चल्ने प्रदर्शनीले नेपालको तीव्र रूपमा विकसित हुँदै गएको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको आर्थिक, सामाजिक र व्यावसायिक अवस्थालाई एउटै मञ्चमा प्रस्तुत गर्ने विश्वास लिइएको छ।

आयोजकका अनुसार नाडा अटो शोको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ क्षेत्रलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो। प्रदर्शनीले अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नयाँ सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न तथा ग्राहक र व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

लगभग तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २ सयभन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ वटा ब्रान्डका यात्रुवाहक चारपांग्रे सवारीसाधन, १७ वटा ब्रान्डका हलुका व्यावसायिक सवारीसाधन र १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन प्रदर्शनमा राखिनेछन्।

त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोटिभ पार्टपुर्जा, सहायक सामग्री, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा अटोमोबाइलसँग सम्बन्धित अन्य उत्पादन र सेवाका स्टल रहनेछन्। नेपालमै जडान तथा उत्पादन हुने सवारीसाधन, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट तथा अन्य सामग्रीसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।

नयाँ मोडल सार्वजनिकदेखि भविष्यको प्रविधिसम्म

यस वर्षको प्रदर्शनीमा विभिन्न ब्रान्डका नयाँ सवारी मोडल सार्वजनिक गरिनेछन्। साथै, भविष्यमा यातायात क्षेत्रमा आउने प्रविधि र त्यसको विकाससम्बन्धी अनुभव आगन्तुकलाई प्रदान गर्ने विशेष आकर्षण रहनेछ।

स्वदेशमै उत्पादित सवारीसाधन, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट तथा अन्य कम्पोनेन्टको प्रवर्द्धनमा पनि प्रदर्शनीले प्राथमिकता दिनेछ। स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास तथा कनेक्टिभिटीजस्ता विषयमा केन्द्रित गोष्ठीसमेत आयोजना हुने भएको छ।

सुविधा र सुरक्षामा विशेष ध्यान

प्रदर्शनीस्थलमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिनेछ। आगन्तुकले खल्ती एपमार्फत अग्रिम रूपमा टिकट खरिद गर्न सक्ने व्यवस्था गरिएको छ भने निश्चित अवधिका लागि ५० प्रतिशत नगद फिर्ता सुविधासमेत उपलब्ध हुने आयोजकले जनाएको छ।

सञ्चारकर्मीको समन्वयका लागि मिडिया डेस्क तथा ट्राफिक व्यवस्थापनसम्बन्धी जानकारीका लागि ट्राफिक सूचना डेस्क रहनेछ। प्रदर्शनीमा क्याफेटेरिया, आपत्कालीन स्वास्थ्य टोली, सिसिटिभीमार्फत सुरक्षा निगरानी तथा आगलागी नियन्त्रणको व्यवस्था पनि गरिनेछ।

सवारी पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेशनल ट्रेडिङ परिसरमा समेत व्यवस्था मिलाउन पहल गरिएको छ। प्रदर्शनी ह्विलचेयरमैत्रीसमेत हुने आयोजकले जनाएको छ।

नाडाले सम्पूर्ण अटोमोबाइलप्रेमी, उद्योगी–व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई नाडा अटो शो २०२६ मा उपस्थित भई नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई आकार दिइरहेका नवीनतम प्रविधि र प्रवृत्तिको अनुभव गर्न आमन्त्रण गरेको छ।

छ दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा करिब २ लाख आगन्तुकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ।

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...