NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको छ। कम्पनीले मंगलबारदेखि १९८ गन्तव्य मुलुकमा नयाँ पल्स दर कार्यान्वयनमा ल्याएको जनाएको छ।

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ मा प्राप्त स्वीकृतिअनुसार अन्तर्राष्ट्रिय आउटगोइङ कलको पल्स दर परिवर्तन गरेको हो। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले कम्पनीको नयाँ पल्स दरलाई स्वीकृति प्रदान गरेको बताइएको छ।

प्राधिकरणको स्वीकृतिबमोजिम अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रसिया, रोमानिया, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको र लिबियालगायत १९८ गन्तव्य मुलुकमा ६० सेकेन्डको नयाँ पल्स दर लागू भएको कम्पनीले जनाएको छ।

नयाँ पल्स दर लागू भएका सबै मुलुकको पूर्ण सूची तथा अन्तर्राष्ट्रिय कल र एसएमएसको शुल्कसम्बन्धी विस्तृत जानकारी एनसेलको वेबसाइटअन्तर्गत ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...