NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

फिसटेल डेरी प्रालिअन्तर्गत सञ्चालित बेनेभिस आइसक्रिमले डा.श्रेष्ठसँग ब्रान्ड प्रवद्र्धन तथा विभिन्न सञ्चारसम्बन्धी गतिविधिका लागि सहकार्य गरेको जनाएको छ ।

ब्रान्ड एम्बेसडर सम्झौतामा डा.श्रेष्ठ र बेनेभिस आइसक्रिमका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले हस्ताक्षर गरेका छन् ।

डा.श्रेष्ठ चिकित्सक तथा टेलिभिजन प्रस्तोताका रूपमा समेत परिचित छन् । उनले सन् २०२२ मा मिस अर्थ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

प्रतियोगिताका क्रममा वातावरणीय सचेतना तथा वातावरणसम्बन्धी सञ्चारमा सक्रिय भूमिका निर्वाह गरेकी उनले एसिया तथा ओसिनिया क्षेत्रको ‘बेस्ट इको–भिडियो अवार्ड’ समेत प्राप्त गरेकी थिइन्।

बेनेभिस आइसक्रिमका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले डा.श्रेष्ठको व्यावसायिक पृष्ठभूमि, सञ्चार क्षमता र सार्वजनिक व्यक्तित्वलाई ब्रान्डसँगको सहकार्यका लागि महत्वपूर्ण आधारका रूपमा लिएको बताए ।

‘डा. सरिशा श्रेष्ठलाई हाम्रो ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । उहाँको व्यावसायिक पृष्ठभूमि, व्यक्तित्व र सार्वजनिक छविले बेनेभिसले प्रतिनिधित्व गर्न खोजेका मूल्यसँग राम्रो सामञ्जस्य राख्छ,’ प्रधानले भने ।

डा. श्रेष्ठले पनि बेनेभिससँग सहकार्य गर्न पाउँदा आफू उत्साहित भएको बताएकी छन् । स्वाद, गुणस्तर र खुसीका क्षणसँग जोडिएको नेपाली ब्रान्डसँग सहकार्य गर्न पाउनु आफ्ना लागि उत्साहजनक अवसर भएको उनको भनाइ छ ।

सम्झौता अवधिभर डा. श्रेष्ठले बेनेभिसका विभिन्न ब्रान्ड अभियान, फोटोसुट, डिजिटल सामग्री, प्रवद्र्धनात्मक कार्यक्रम तथा उपभोक्ता संलग्नतासम्बन्धी गतिविधिमा सहभागिता जनाउनेछिन् ।

बेनेभिसले यस सहकार्यबाट युवा पुस्तासँगको आफ्नो सम्बन्धलाई थप विस्तार गर्दै ब्रान्डको बजार उपस्थिति र उपभोक्ता संलग्नता बढाउने लक्ष्य लिएको जनाएको छ ।

फिसटेल डेरी प्रा.लि. अन्तर्गतको बेनेभिस आइसक्रिमले नेपालमा गुणस्तरीय आइसक्रिम तथा नयाँ ब्रान्ड अनुभव प्रदान गर्ने उद्देश्यसहित विभिन्न उत्पादन तथा प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ ।

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, खरिदमा ५ हजार ४९० रुपैयाँको इयरबड्स निःशुल्क

ह्वावे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक,...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:५१

  काठमाडौं । ह्वावेले प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी र फिटनेसका...

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक मोबाइल फिल्म निर्माण र मूर्त कृत्रिम बुद्धिमत्ताको नयाँ युग सुरु

होनरले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन, सिनेमाटिक...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:४६

  काठमाडौँ । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण इकोसिस्टम...

नेपालीको पहिचान जोगाउन वल्र्डलिंकको साथ, सल्यानमा खुकुरी निर्माणका लागि सुरक्षित कार्यस्थल

नेपालीको पहिचान जोगाउन वल्र्डलिंकको साथ, सल्यानमा खुकुरी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:२९

सल्यान, खलङ्गा । नेपालीको पहिचान, गौरव र शानसँग जोडिएको परम्परागत खुकुरी...

दुई सयभन्दा बढी स्टल, ५५ लाख सवारीसाधनको पृष्ठभूमि र हरित गतिशीलताको नयाँ बहससँगै नेपालकै ठूलो मोबिलिटी मेला भृकुटीमण्डपमा

दुई सयभन्दा बढी स्टल, ५५ लाख सवारीसाधनको...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०८:१८

नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण...

होटल व्यवसायीलाई शंकाको घेरामा नराख्न महासंघको माग

होटल व्यवसायीलाई शंकाको घेरामा नराख्न महासंघको माग

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०७:२८

  काठमाडौं । होटल तथा आतिथ्य व्यवसायलाई शंकाको दृष्टिले नभई...

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...