CG Electronics
IME Life
NIMB

‘ए ट्याक्सी’भनेर घोक्रो फुकाएर बोलाउन नपर्ने भो,अब यसरी आउछ तपाइँलाई लिन घरमै ट्याक्सी

NIMB
Himalayan Bank

काठमाडौ बैशाख ४ । उपत्यकामा गुड्ने ट्याक्सी चढ्न परे अब ‘ए ट्याक्सी’ भनेर बोलाइरहनै नपर्ने भएको छ । ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ग्राहकका लागि मोबाइल एप्स तयार पारेको छ ।

स्वरोजगार ट्याक्सी चालक समाजले यात्रुलाई प्रविधिमा आधारित हुँदै ट्याक्सी सेवा सुरु गर्ने भएको छ ।

समाजले ‘इजी ट्याक्सी नेपाल’ मोबाइल एप्समार्फत वैशाख दोस्रो सातादेखि परीक्षणका रूपमा एप्स प्रयोगमा ल्याउँदै छ ।उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारी मूल्यमै एप्समार्फत सेवा दिने तयारी गरेको छ ।

हाल काठमाडौं उपत्यकामा मात्र सञ्चालन गरिने इजी ट्याक्सी नेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसका लागि कस्टमर लग इन रजिस्टर बनाइएको छ भने यात्रुले लग इन गरेपछि त्यसमा देखिने रियल टाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनोट गर्नुपर्छ ।

यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकले सोही एप्समार्फत अनुरोध स्विकार्छन् । र, त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमै गएर सेवा दिनेछन् ।

इजी ट्याक्सी नेपाल एप्समार्फत यात्रुले लग इन गरेर अनुरोध गरेको ५ मिनेटभित्रै यात्रुले ट्याक्सी सेवा प्राप्त गर्नेछन् ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानुपुर्वा छानेका अनुसार यात्रुको सुविधाका लागि प्रविधिमैत्री ट्याक्सी सेवा सञ्चालन गर्न लागिएको हो ।

हालका लागि यात्रुले सो एप्समा लग इन गरेर यात्रा गर्दा नगदमै भुक्तानी गर्न सक्नेछन् भने छिट्टै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा हुनेछ ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी सेवालाई नकारात्मक रूपमा मात्र हेर्ने गरिएको हुँदा प्रविधिका आधारमा सेवा दिएर यात्रुलाई सुविधा दिँदै नयाँ प्रयास गर्न लागिएको बताएको छ ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान ९तामाङ०ले काठमाडौंको ट्याक्सी सेवालाई भरपर्दो, यात्रुमैत्री र प्रविधियुक्त बनाएर नयाँ ढंगले अगाडि जाने योजनासाथ एप्स सञ्चालन गरेको बताए ।

इजी ट्याक्सी नेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालक दर्ता हुनेछन् भने यात्रुले दिउँसो र राति दुवै सिफ्टमा सेवा प्राप्त गर्नेछन् ।

एप्समा आबद्ध भएका चालक र एप्समार्फत सेवा लिने यात्रु दुवैको ५ लाख रुपैयाँको बिमासमेत गरिएको छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...