CG Electronics
IME Life
NIMB

विप्लवको बन्दले जनजीवन प्रभावित,देशका विभिन्न स्थानमा बम विष्फोट र आगजनी, पोखरामा सेना घाइते

NIMB
Himalayan Bank

काठमाडौं, ५ बैसाख । काठमाडौं उपत्यकामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बन्दको प्रभाव सामान्य देखिए पनि उपत्यका बाहिर भने विभिन्न ठाउँमा बम विष्फोट र आगजनीका घटना भएका छन् ।

अज्ञात समूहले देशका विभिन्न ठाउँमा बम विष्फोट गराउनुका साथै केही सवारीसाधनमा आगजनी गरेको छ । पोखराको नदीपुरस्थित प्रदेश सभा भवन अगाडि भेटिएको बम डिस्पोजन गर्ने क्रममा एक सैनिक घाइते भएका छन् ।

प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर डेटोनेटर डिस्पोज गर्ने क्रममा सैनिक धर्मबहादुर थापाको हातमा चोट लागेको हो । त्यसैगरी पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ ।

उता पाल्पाको रिब्दिकोट गाउँपालिकाको भवनमा पनि बम विष्फोट भएको छ । विष्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ । विष्फोटबाट एक थान कम्प्यूटर, तीन तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राह्रो समेत केही चर्किएको छ ।

त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । त्यस्तै काभ्रेको पनौतीमा भेटिएको बम पनि सेनाले निस्क्रिय पारेको छ ।

उता मकवानपुरको भिमफेदी गाउँपालिका–९ गोलमोडमा हेटौंडाबाट तरकारी बोकेर पालुङतर्फ जाँदै गरेकोे मिनि ट्रकलाई रोकेर पाँच जनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरले जनाएको छ ।

मकवानपुरको थाहानगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ कुखुरा बोकेर जाँदै गरको बोलेरो जिपमा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको छ । आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ ।

बम विष्फोट र आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । नेत्रविक्रम चन्द विप्ल समूहले आफूहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गर्दै नभए कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ । विप्लव समुहले आज नेपाल बन्दको आह्वान गरेको छ ।

बन्दको काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा आंशिक प्रभाव परेको छ । लामो दूरीका निकै कम मात्र सवारीसाधन चलेका छन् ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...