१५ करोड ५१ लाख राजश्व छलीको आरोपमा ६ विरुद्ध मुद्धा दायर
Monday Jan 06, 2020
वि.सं.२०७६ पुस २१ सोमवार ०८:११
राजस्व अनुसन्धान विभागले १५ करोड ५१ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको आरोपमा ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाण्डौको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईं समेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साह सहित दुई जनाविरुद्ध राजस्व चुहावटमा मुद्दा चलाइएको हो ।
आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरेको र साहले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोप छ ।उनीहरुविरुद्ध १५ करोड ५१ लाख रुपैयाँ बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिबाना र तीन वर्ष कैद सजायको माग दाबी गरिएको मैनालीले बताए।
यस्तै सन्दीप ट्रेडिङमार्फत प्रमिलाकुमारी साह सहित दुई जनाले दुई करोड ६४ लाख रुपैयाँ बीगो बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।






















