नबिल बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता
Monday Jan 06, 2020
वि.सं.२०७६ पुस २१ सोमवार १४:५२

काठमाडौँ, ७६ पुस २१। नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ ।
नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले समझदारीपत्रमा हस्तारक्षर गरेका हुन् ।
यो सम्झौताले दुई संस्था बिच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिएकाे छ ।






















