सानिमा बैंक र ग्रान्डी अस्पतालबीच छुटसम्बन्धी सम्झौता
Sunday Jan 19, 2020
वि.सं.२०७६ माघ ५ आइतवार १५:५४

७६ काठमाडौं,५ माघ : सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्वास्थ्य उपचारमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
























